शिक्षा विधेयक जारी गर्न नसके पदबाट राजीनामा दिने शिक्षामन्त्री भट्टराईको घोषणा


२०८१ माघ १७ बिहीबार ०३:२९ बजे
फाइल फोटो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक संसदबाट पारित गर्न नसके पदबाट राजीनामा दिने घोषणा गरेकी छिन् । सत्तारुढ नेकपा एमालेको भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले उक्त घोषणा गरेकी हुन् ।

शिक्षामन्त्री भट्टराईले समुदायको हितमा काम गर्न नसक्ने अवस्था आए पदमा बसिरहन आवश्यक नरहेको बताइन् । शिक्षामन्त्री भट्टराईले भनिन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु । विधेयक ल्याउने भनेर बसेको हो । सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ ।’

राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन् । प्रारम्भिक बाल विकास केन्द्र (इसिडी) देखि विश्व विद्यालयसम्म समस्या नै समस्या रहेको भन्दै उनले आफू पनि शिक्षा क्षेत्रमा रहेको समस्याको शिकार बनेको बताइन् । शिक्षा क्षेत्रको समस्या समाधान गर्न आफूले प्रयास गरिरहेको भन्दै शिक्षामन्त्री भट्टराईले समुदायको हितमा काम गर्न नसक्दा पद छोड्न तयार भएर बसेको बताइन्।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७