माओवादी र नेकपा एसलाई वामदेवको प्रश्न : कांग्रेससँग मिलेर चुनाव लड्ने, अहिले दलाल सरकार ?


२०८१ माघ १२ शनिबार ०५:१४ बजे
फाइल फोटो

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालमा समाजवाद निर्माणको अभियान तत्काल सुरू हुनुपर्ने बताएका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एकदेव आलेको ५६औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजवाद निर्माण कार्यलाई प्राथमिकतामा राख्नु पर्ने बताए ।

गौतमले भने, ‘पुष्पलाललाई स्मरण गर्ने हो भने अहिले नै समाजवाद निर्माणमा लाग्नु पर्छ । एकदेव आलेलाई सम्झिने हो भने पनि तुरुन्तै समाजवादको कार्यमा जुट्नु पर्छ । तर, केवल जिब्रो पड्काएर, जिब्रो फड्कारेर, दिनभर आलोचना गरेर मात्र केही हुनेवाला छैन । तपाईं तयार हुनुहुन्छ कि छैन समाजवाद निर्माणका लागि ?’

उनले सरकारमाथि गरिने आलोचनाबारे पनि कडा टिप्पणी गरेका । नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) का नेताहरूले सरकारलाई दलाल भन्दै गरेको आलोचना दुःखद् रहेको उनले टिप्पणी गरे । नेता गौतमले भने, ‘कांग्रेससँग मिलेर चुनाव लड्ने, सरकार बनाउने, फेरि मिल्न कोशिस गर्ने, अनि सरकार दलाल हो भनेर आलोचना गर्ने यो कस्तो व्यवहार हो ? यदि तपाईं सरकारमा भएको भए के फरक हुन्थ्यो ? कांग्रेस र कम्युनिष्टलाई एउटै प्लेटफर्ममा ल्याएर फेरि आलोचना गर्नुको अर्थ छैन ।’

उनले कम्युनिष्ट दलहरूको भूमिकालाई सम्झाउँदै अब समाजवादको अभियानमा एकजुट हुन आवश्यक रहेको उल्लेख गरे । ‘यदि कम्युनिष्ट हौं भने अब आलोचना गरेर मात्र हुँदैन, समाजवाद निर्माणको ठोस योजना अघि सार्नुपर्छ,’ गौतमले जोड दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७