सभामुख र प्रमुख सचेतकबीच छलफल जारी


१८:३५ बजे

काठमाडौं । सभामुख देवराज घिमिरे र प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकबीच छलफल जारी छ ।सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीका अनुसार सिंहदरबारमा अध्यादेश अनुमोदन लगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

अध्यादेशको विषयमा सत्तापक्ष र प्रतिपक्षको मत फरक–फरक रहेका छन् । सरकारले संसद्मा ‘सुशासन प्रबद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ अध्यादेश पेश गरेको छ ।

अध्यादेशको विषयमा संसद बैठकको पहिलो दिन प्रतिपक्ष दलले विरोध गरेका थिए भने सत्ता पक्षले जनतालाई सहज सेवा दिन र अर्थतन्त्र चलायमान बनाउन ल्याइएको जवाफ दिएका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७