‘दक्षिण कोरियामा ३८ जना भियतनामी पर्यटक बेपत्ता’


१४:०८ बजे

काठमाडौं । दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा ३८ जना भियतनामी पर्यटक बेपत्ता भएको योन्हाप समाचार एजेन्सीले मङ्गलबार टापुको पर्यटन ङ्गगठनलाई उद्धृत गर्दै जनाएको छ । गत नोभेम्बर– १४ मा चार्टर्ड भियेटजेट एयरको उडानबाट करिब ९० जना भियतनामी यात्रु टापुमा आइपुगेको स्रोतले जनाएको छ ।  

तिनीहरुमध्ये ३८ जना पर्यटकहरु यहि स्थानबाट सम्पर्कविहीन भएको तथा बाँकी यात्रुहरु सोही उडानमा  फिर्ता  भएको स्रोतले जनाएको छ ।  ती विदेशी यात्रुहरूलाई बिना  भिसा ३० दिनसम्म उक्त टापुमा बस्न अनुमति दिइएको थियो । जसअनुसार ती भियतनामी पर्यटकहरू डिसेम्बर–१४ पछि अवैध आप्रवासी हुनेछन् । टापु स्थित अध्यागमन कार्यालयले वेतत्ता भियतनामीहरूको ठेगाना पत्ता लगाउन निगरानी गरिरहेको जनाएको छ । रासस /सिन्ह्वा
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७