काठमाडौं टुँडिखेलमा शव फेला, छेउमा भेटियो चक्कु


००:४४ बजे

काठमाडौं । काठमाडौंको टुँडिखेलमा एक जना पुरूष मृत भेटिएका छन् । बुधबार बिहान साढे ६ बजे काठमाडौं महानगरपालिका–२२ टुँडिखेलमा एक जना पुरूषको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

मृतक मकवानपुर घर हुने ४५ वर्षीय बद्रीप्रसाद सिलवाल हुन् । उनको पहिचान नागरिकताको प्रमाणपत्रबाट खुलेको हो। शव फेला परेको खबरपछि जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त जनसेवाबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो । मृतकको बायाँ हात छेउमा चक्कु फेला परेको छ । उक्त हात मुनि रगत देखिएको एसपी अधिकारीले बताए ।  प्रहरीले शव पोष्टमर्टमको लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७