कुलमान नभएको मौकामा मन्त्रीले बनाए विद्युत प्राधिकरणमा नयाँ कार्यकक्ष


००:४१ बजे

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्ला बाहिर गएका बेला त्यहाँ रातारात आफ्नो कार्यकक्ष बनाउन लगाएका छन्। 

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा खड्का र घिसिङबीच असहमझदारी बढेको छ । यही बेला मन्त्रीले रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा रातारात आफ्नो कार्यकक्ष बनाउन लगाएका हुन् । रङ समेत नसुकेको कार्यकक्षमा बुधबार सचिवसहित पुगेका खड्कालाई प्राधिकरणका उपनिर्देशक मनोज सिलवाललगायत कर्मचारीले स्वागत गरेका छन् ।

रङ समेत नसुकेको कार्यकक्षमा आउनु भयो नि भन्ने प्रश्नमा मन्त्री खड्काले भने, ‘प्राधिकरणका अध्यक्षको हैसियतले कार्यकक्ष बनाउन लगाएको र यहाँ आउँदा बस्ने ठाउँसम्म नभएका कारण आवश्यक थियो ।’ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माणस्थलमा पुगेको समयमा मन्त्रीले आफ्नो कार्यकक्ष स्थापना गरी प्राधिकरणमै बस्न थालेका हुन् ।

प्राधिकरणको नेतृत्वप्रति सरकारले नकारात्मक प्रतिक्रिया दिइरहँदा मन्त्रीको कार्यकक्षले कुलमानलाई थप दबाब राख्ने खोजेको प्राधिकरणका अधिकारी बताउँछन् ।  मन्त्रिपरिषद्ले १५ दिनभित्र विद्युत बक्यौता उठाउन निर्णय गरे पनि व्यवसायीले तिरेनन् । त्यसयता लाइन नकाट्न विद्युत नियमन आयोगले निर्देशन दिएको छ । हाल प्राधिकरणले काटेको बिल टीडीएअनुसार भए नभएको अध्ययन गर्न मन्त्रालयले समिति बनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७