रविविरुद्ध मुद्दा दर्ता हुँदै गर्दा रास्वपा नेताहरु पोखरामा, सुरक्षा व्यवस्था कडा


२०८१ पौष ७ आइतबार १२:४१ बजे

काठमाडौँ । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध आज जिल्ला अदालत कास्कीमा मुद्दा दर्ताको तयारी भइरहेको छ । रविविरुद्ध मुद्दा दर्ता गर्न लागिएकै बेला रास्वपाका नेता तथा सांसदहरू पोखरा पुगेका छन् ।

कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीसहित सांसदहरू शिशिर खनाल, हरि ढकाललगायत पोखरा पुगिसकेका छन् । विराजभक्त श्रेष्ठ, मनिष झालगायतका सांसद पोखरा पुग्ने क्रममा रहेको बताइएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार मुद्दा दर्ता गर्न लागेको हो । लामिछानेमाथि पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार सात सय जना बचतकर्ताले बचत राखेको रकम गैरकानूनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको आरोप छ ।

पूर्व गृहमन्त्री समेत रहेका लामिछानेसँगै बाँकी पाँच जनाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अभियोग दर्ता गराउन लागेको हो । सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष एवम् ग्यालेक्सी टेलिभिजनका अध्यक्ष जीबी राईसहित १९ जनाविरुद्ध अस्ति शुक्रवार नै मुद्दा दर्ता भइसकेको छ ।

कास्कीको पोखरामा रवि लामिछानेको समर्थनमा दिनहुँजसो प्रदर्शन भइरहेको छ । आज पनि प्रदर्शन हुने शंकामा प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । यसअघि लामिछानेको हिरासतमा सुतेको तस्बिर समेत सार्वजनिक भएपछि हिरासत वरपरको सुरक्षा पनि कडा बनाएको प्रहरीले जनाएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७