काठमाडौं उपत्यकामा एआईजी तामाङको सरुवा
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रहरी कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङलाई सरुवा गरेको छ । हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले तामाङको सरुवा गरेको हो ।
उपत्यका प्रहरी प्रमुख एआईजी किरण बज्राचार्यले अनिवार्य अवकाश पाएपछि खाली रहेको ठाउँमा तामाङको सरुवा गरिएको हो । यसअघि तामाङ प्रहरी मुख्यालयस्थित अपराध अनुसन्धान विभागको प्रमुखको रुपमा कार्यरत थिए । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीले काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लाको कमाण्ड गर्छ ।