रवि लामिछानेसहितका प्रतिवादीहरुविरुद्धको अभियोग पत्र अदालतमा पेश


२०८१ पौष ७ आइतबार १८:१९ बजे

कास्की । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग जिल्ला अदालत कास्कीमा पेश भएको छ ।

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित उनीहरु  विरुद्ध जिल्ला अदालत कास्कीमा अभियोग पत्र पेश गरिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित सरकारी वकिल कार्यालयले आज कास्की जिल्ला अदालतमा अभियोग पत्र पेश गरेको हो ।

हाल रुजु गर्ने काम भइरहेको र केही बेरमा मुद्दा दर्ता गर्ने तयारी भएको बताइएको छ । लामिछानेसँगै पूर्वडीआईजी एवं गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, लीला पछाई र सूर्यदर्शन सहकारीका सञ्चालक कृष्ण गुरुङ लगायतविरुद्ध आज मुद्दा दर्ता हुन लागेको हो ।  मुद्दा दर्ताका लागि लामिछानेलाई अदालतमा उपस्थित गराइसकिएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७