प्रधानमन्त्री ओली अस्वस्थ


२०८१ पौष ४ बिहीबार २०:२५ बजे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनको पेटमा समस्या देखिएको बताइएको छ ।प्रधानमन्त्री ओलीले बिहान त्रिवि शिक्षण अस्पताल पुगेर इन्डोस्कोपी गराएको उनको सचिवालयले जनाएको छ ।डन्डोस्कोपी गर्दा प्रधानमन्त्री केही थकित र कमजोर देखिएको ओलीका प्रेस संयोजक रामशरण बजगाईले बताए ।

प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिँदा आज (बिहीबार) को मन्त्रिपरिषद् बैठक स्थगित गरिएको उनको भनाइ छ । बिहीबारको मन्त्रिपरिषद्को बैठक स्थगित भए पनि अर्को मिति तय भएको छैन । प्रधानमन्त्री ओलीको शुक्रबार बिहान स्वास्थ्य परीक्षण गर्दा स्वाथ्य अवस्था त्यति राम्रो नदेखिएपछि अति जरुरी भेटघाट बाहेकका कार्यक्रमहरु स्थगन गरिएको हो ।

‘प्रधानमन्त्रीले आज बिहान स्वास्थ्य परीक्षण गर्नु भएको थियो,’ बालुवाटार स्रोतले भन्यो, ‘अवस्था समान्य नै छ तर आज धेरै दौडधुप नगर्ने कि भनेर बैठक स्थगित गरिएको हो । सामान्य भेटघाट बाहेक बाहिरका कार्यक्रमहरु स्थगित गरिएका छन् । उहाँ आराम गरिरनु भएको छ ।’ स्वास्थ्य अवस्थाकै कारण नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)को ललितपुरमा आयोजित कार्यक्रममा समेत प्रधानमन्त्री ओली गएका थिएनन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७