ढोरपाटनका मेयर नेपालीविरुद्ध एक करोड ५४ लाख बिगो
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका बागलुङ ढोरपाटनका मेयर देवबहादुर नेपालीविरुद्ध एक करोड ५४ लाख ४९ हजार ८३९ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।
आज (आइतबार) जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दायर गरेको अभियोत्रपत्र अनुसार उनी सूर्यदर्शन सहकारीको उपाध्य पदमा रहेका बेला अपचलन भएकोमध्ये उक्त डेढ करोड रकम नेपालीले अपचलन गरेको उल्लेख गरिएको छ ।
उनी २०६७ पुस ६ देखि २०६८ मंसिर १७ सम्म सूर्यदर्शन सहकारीको उपाध्यक्ष थिए । नेपाली बागलुङकै इमेज सहकारीको २ अर्ब बढी रकम अपचलन आरोपमा पुर्पक्षमा अहिले बागलुङ कारागारमै छन् । यता सूर्यदर्शन सहकारीमा पनि उनीविरुद्ध मुद्दा दायर भएको छ ।