जंगम र दाहाललाई पाँच दिन हिरासतमा राख्न अनुमति
काठमाडौं । साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका तत्कालीन अध्यक्ष भरतमणि जंगम र तत्कालीन कोषाध्यक्ष लुमन दाहाललाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।काठमाडौंबाट आइतबार पक्राउ परेका उनीहरूलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि आइतबार मात्रै काठमाडौंको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष जंगम पक्राउ परेका थिए । उनी पक्राउ परेपछि तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ । यस सहकारीमा रास्वपा सभापति रवि लामिछानेकी श्रीमती निकिता पौडेल उपाध्यक्ष थिइन् ।