रवि लामिछानेसँग आज पनि बयान 


२०८१ पौष १२ शुक्रबार ०२:४२ बजे

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान आज (शुक्रबार) पनि जारी रहने भएको छ । कास्की जिल्ला अदालतमा हिजोदेखि बयान लिन सुरु गरिएका लामिछानेको हिजो आधा मात्रै सकिएकाले आज पनि जारी रहने भएको हो ।

न्यायाधीश नीतिज राईको इजलासमा भइरहेको बयानमा हिजो लामिछानेले सोधिएका सबै प्रश्नमा इन्कारी बयान दिएका थिए । आज रविको मात्रै बयान हुने र बाँकीको बयान आइतबारबाट मात्र सुरु हुने देखिएको छ । सोमबार र मंगलबार अदालतमा लगिए पनि पालो नआएका कारण उनको बयान हुन सकेको थिएन । सोही बीचमा उनी संघीय संसद्को सांसद पद बाट निलम्बन भइसकेका छन् ।

मंगलबार अबेर गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डी.आई.जी छविलाल जोशी सँग बयान सकिए पछि अर्का प्रतिवादी लिला पछाई सँग बयान लिन शुुरु भएको थियो । जोशीको भने सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा न्यायाधीश नितिज राईले अदालतमा बयान लिइएको थियो । छविको बयान मंगलबार सकिए पछि अर्का प्रतिवादी लिला पछाईसँग बयान लिइएको थियो ।

कास्की अदालतको बेन्चले सुनुवाइ सकिए पछि रवि लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्ने बारे आदेश दिनेछ । पहिले १९ जना र अहिले ४४ गरी जम्मा ६३ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७