कञ्चनपुरमा आफैलाई गोली हानेका प्रहरी जवानको अवस्था गम्भिर


२०८१ पौष १२ शुक्रबार १५:५२ बजे

कञ्चनपुर । कञ्चनपुरमा प्रहरी जवानले आफैंमाथि गोली चलाउँदा गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ आफैंमाथि गोली चलाएका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्ष उमेश जोशीका अनुसार प्रहरी जवानले निधारमा गोली हानेका हुन्।

जिप्रकाको प्रवन्ध शाखा ( भण्डार कक्षा)को जिम्मेवारीमा रहेका प्रहरी जवानले शाखामा कोही नभएको बेला त्यही रहेको पेस्तोलले आफूलाई गोली हानेका थिए । टाउकोमा गोली लागेका न्यौपानेलाई उपचारका लागि धनगढी स्थित नवजिव अस्पताल लगिएको प्रहरी नायब उपरीक्षक जोशीले जानकारी दिए ।

अहिले धनगढीबाट उनलाई थप उपचारको लागि नेपालगञ्ज रेफरको तयारी भइरहेको छ । ‘निधारको साइडबाट गोली पार भएको छ हड्डीमा लागेको छ भित्र रगत जमेको छ’, मेडिकल अफिसर भीष्मा भट्टले भनिन्, ‘थप उपचारको लागि नेपालगञ्ज लैजाने  तयारी हुँदैछ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७