गृहनगरमा जनकपुर बोल्ट्सका खेलाडीको भव्य स्वागत, नगर परिक्रमा


२०८१ पौष १२ शुक्रबार ०९:०३ बजे

जनकपुरधाम । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि विजेता टिम जनकपुर बोल्ट्सका खेलाडीहरुलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । शुक्रबार रजौलस्थित राम जानकी बहुउद्देश्यीय अन्तर्राष्ट्रिय रंगशालामा राष्ट्रिय क्रिकेट संघ धनुषाले खेलाडीहरुलाई समान गरेको हो ।

राम जानकी रङ्गशालाबाट खेलाडीहरु ट्रफी लिएर नगर परिक्रमा गरिरहेका छन् । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह पनि खेलाडीहरु चढेको गाडीमा सहभागी भएका थिए । खेलाडीहरूसँगै हजारौँ समर्थक नगर परिक्रमामा सहभागी भएका छन्। उनीहरूलाई चोक(चोकमा भव्य स्वागत गरिएको छ ।

बिहीबार साँझ जनकपुर आइपुगेका खेलाडीहरु आज नगर परिक्रमा गरेर जानकी मन्दिरमा पुग्ने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे (गुड्डु) ले जानकारी दिए । एनपीएलको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि ५ विकेटको जित निकालेको थियो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७