करातेमा नेपालले जित्यो पहिलो स्वर्ण पदक


२०८१ पौष १४ आइतबार ०७:०० बजे

भारत ।  भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्ण पदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्ण पदक जितेको हो । १० वर्ष उमेर समूहका  नेपालका खेलाडी सिद्वार्थ रानाले स्वर्णपदक जितेका हुन् ।

भारतीय राष्ट्रिय कराते सङ्घको आयोजनामा भएको प्रतियोगितामा बङ्गलादेश, श्रीलङ्कालगायत भारतका विभिन्न क्षेत्रबाट एक सयभन्दा बढी खेलाडी सहभागी छन् । प्रतियोगिताअन्तर्गत आज र भोलि विभिन्न उमेर र तौल समूहका फाइनल खेल हुनेछन् । प्रतियोगितामा नेपालका तर्फबाट महिला तथा पुरूष गरी १८ जना खेलाडी सहभागी छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७