चिया उद्यमीलाई प्रधानमन्त्रीले भने, ‘ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा ध्यान दिनुहोस्’  


०३:४४ बजे

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चियाको गुणस्तरीय उत्पादनसँगै ब्रान्डिङ, प्याकेजिङ र बजारीकरणमा ध्यान दिनु पर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले नेपालमा पनि चिया संस्कृतिको बिकास भएको भन्दै आन्तरिक खपतको लागि पनि ब्रान्डिङ, प्याकेजिङको जरुरी रहेको बताए । 

गत डिसेम्बर ५ देखि २५ तारिखसम्म छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको दक्षिणपूर्वी तटमा अवस्थित फुजियान प्रान्तमा रहेको  झाङझाउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीको आयोजनामा ‘नेपालका लागि चिया प्रशोधन प्रविधि र चिया उद्योग प्रर्वद्धन सम्बन्धी तालिम’मा सहभागी भएर फर्किएका उद्यमीहरुसँगको भेटमा प्रधानमन्त्री ओलीले चिनमा सिकेका सिप, ज्ञान र अनुभवलाई प्रयोगमा ल्याउन सुझाव दिए । 

चीनको बाणिज्य मन्त्रालयको आर्थिक सहयोगमा फुजिआन प्रान्तको झाङझाउ कलेज अफ साइन्स एण्ड टेक्नोलोजीले आयोजना गरेको तालिममा तालिममा चिया उत्पादक किसान, उद्योगी, सञ्चारकर्मी, चिया–कफीको बजारीकरणमा काम गरिरहेका समेत ३४ जनाको सहभागिता थियो । 

२० दिनसम्म चलेको तालिममा हजारौं वर्ष पुरानो चिनियाँ चिया संस्कृति, चियाको प्रविधि, औद्योगीकरण, बजारीकरण जस्ता विषयमा ज्ञान र सीप आदानप्रदान गरिएको थियो । 

भेटमा प्रधानमन्त्री ओलीले चिनमा सिकेका सिप, ज्ञान र अनुभवलाई प्रयोगमा ल्याउन सुझाव दिएको भेटमा सहभागी इलाम क्षेत्र नम्बर २ का सांसद सुहाङ नेम्वाङले बताए । इलामको चिया ब्रान्डिङ्ग र प्याकेजिङ गरेर विश्व बजारमा लैजाने प्रयासमा रहेको सांसद नेम्वाङले बताए । 

चीनको सेमिनारमा सहभागी हुँदा पाएको कदरपत्र र उपहार समाजका अध्यक्ष सचितआनन्द सुब्बाले प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरे। 


 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७