नेविसंघ अध्यक्षमाथि राहत र चन्दाको रकम खाएको आरोप


०२:०९ बजे

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका दुई पक्षको विवाद आरोपमा पुगेको छ ।शेखर कोइराला पक्षधर नेविसंघको नेतृत्व गरिरहेकी प्रेमिका राना मगरले अध्यक्ष दुजाङ शेर्पामाथि भूकम्पपीडितका लागि उठाएको राहत रकम अनियमतता गरेको आरोप लगाएकी छन् ।

मगरले शुक्रबार वक्तव्य जारी गर्दै भूकम्पले भत्किएको विद्यालय बनाउने भनेर उठाइएको रकमदेखि जय नेपाल कपको नाममा भइरहेको आर्थिक लेनदेन र चन्दा असुली रोक्न नेतृत्वको ध्यानाकर्षण गराएकी छन् । शेर्पा संस्थापन पक्षका हुन् । उनले गरेको एकलौटीविरुद्ध शेखर पक्षधर प्रेमिकाले समानान्तर समितिमार्फत काम गरिरहेकी छिन् । प्रेमिकाले शेर्पामाथि भूकम्पले भत्किएको विद्यालय पुनर्निर्माणका लागि संकलित रकमको हिसाबकिताब पारदर्शी रुपमा सार्वजनिक गर्न माग समेत गरेकी छन् ।

वक्तव्यमा नेविसंघको नेतृत्व पार्टीले दिएको कार्यभार पूरा नगरी आर्थिक लेनदेन, चन्दा संकलन र व्यक्तिगत स्वार्थमा लागेको भन्दै कारवाहीको माग समेत गरेकी छन् । उनले जय नेपाल कपको नाममा पैसा उठाउन आउने र धाक धम्की दिने जोकोही व्यक्तिलाई सार्वजनिक बहिष्कार गर्न र स्थानीय प्रशासनमा उजुरी गर्न समेत आग्रह गरेकी छन् ।

प्रेमिकाले अध्यक्ष शेर्पामाथि सरकारी तथा गैरसकारी संघ संस्था,व्यवसायी र विश्व विद्यालयहरुबाट समेत अनैतिकरुपमा पैसा उठाउने काम गरेको आरोप लगाएकी छन् । उनले अध्यक्ष शेर्पाले पैसा उठाउने क्रममा धाकधम्की, दबाब दिने जस्ता गतिविधि गरेकोमा पार्टी नेतृत्वको ध्यानाकर्षण गराएकी छन् ।

गत वर्ष कात्तिक १७ गते जाजरकोटमा आएको भूकम्पबाट नलगाड नगरपालिका –५, स्थित नेपाल राष्ट्रिय प्राथमिकत विद्यालय पुनर्निर्माण गर्ने जिम्मा नेविसंघले लिएको स्मरण गराउँदै उक्त विद्यालयको निर्माण कार्य हालसम्म अलपत्र रहेको र पुनर्निर्माणका लागि संकलित रकमको हिसाबसमेत नगरी अध्यक्ष शेर्पाले व्यक्तिगत खातामा जम्मा गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७