एमाले वैठक : तीन नेतामाथिको कारवाही सच्याउन दुई एमाले केन्द्रीय सदस्यको आग्रह


१६:१७ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा पूर्व उपाध्यक्ष भीम रावलसहित तीन नेतामाथि गरिएको कारबाहीको निर्णय सच्याउन आवाज उठेको छ ।

आइतबारको बैठकमा पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारबाहीमा सच्याउनु पर्ने आवाज उठेको हो । केन्द्रीय सदस्यहरू झपट रावल र प्रकाश शाहले सो निर्णयले पार्टीलाई क्षति पुर्‍याउने धारणा राखेका थिए । अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनमाथि बोल्दै रावलले कारबाही गर्नु उचित नभएको बताएका थिए ।

गत पुस १० गते एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो । पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरेको थियो । शाहले पार्टी सभापतिमा हारेका व्यक्तिलाई कांग्रेसमा शेरबहादुर देउवाले राष्ट्रपति बनाएको उदाहरण दिँदै भीम रावलमाथिको निष्कासन पुनर्विचार गर्न आग्रह गरे ।

त्यस्तै झपट रावलले पार्टीमा रावलमाथिको कारबाहीको असर देखिन थालेको बताएका थिए । अरु सदस्यहरुले भने रावलमाथिको कारबाहीबारे आवाज उठाएनन् । वैठकमा निर्णय पुनर्विचारको आग्रह भए पनि भीम रावलमाथि पार्टीले गरेको निष्कासनको कारबाहीलाई सर्वसम्मत अनुमोदन गरिएको छ । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७