एमाले बैठक : नेताहरुले उठाएका प्रश्नको जवाफ दिंदै अध्यक्ष ओली


१६:३६ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम सकिएको छ । आइतबारबाट सुरु भएको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो । लगत्तै अध्यक्ष केपी शर्मा ओलीले बैठकको समापन सम्बोधन थालेका छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बैठकमा अध्यक्ष ओलीले अहिले सम्बोधन गरिरहेको उनको सचिवालयले जनाएको छ । आइतबारबाट जारी बैठकमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए । बैठकमा केन्द्रीय सदस्यहरूलाई बोल्नका लागि तीन तीन मिनेटको समय दिइएको थियो । ओलीको सम्बोधनपछि बैठक आगामी योजनाबारे निर्णय गरेर बैठक समापन हुनेछ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७