सहकारी ठगी प्रकरण : अञ्जला कोइरालाको थुनछेक बहस जारी


१०:१२ बजे

मोरङ । सहकारी ठगीको आरोपी अञ्जला कोइरालाको थुकछेक बहस सुरू भएको छ । मोरङ जिल्ला अदालतमा उनको बयान सकिए लगत्तै  थुनछेक बहस सुरू भएको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले अहिले कोइरालाविरुद्धको थुनछेक बहस जारी रहेको जानकारी दिए । उनका अनुसार थुनछेक बहस सकिए आजै फैसला आउने सम्भावना रहेको बताए ।

न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासमा थुनछेक जारी छ ।  थुनछेक बहसपछि कोइरालालाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छोड्ने आदेश आउनेछ । कोइराला प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती हुन् । सहकारी ठगी प्रकरणमा फरार कोइराला आज बिहान मोरङ जिल्ला अदालतमा उपस्थित भएकी हुन् । मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम मुछिएकी कोइराला अदालतले पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।

कोइरालासहित सहकारीका अध्यक्ष शम्भु रौनियार,रंगली २ का वडाअध्यक्ष सन्तलाल खवास गरी २६ जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । इलाका प्रहरी कार्यालय रंगेलीले बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते अञ्जला र सहकारीका अध्यक्ष रौनियारसहित २६ जनाविरुद्ध २६ करोड ४८ लाख २७ हजार रुपैयाँ बिगो मागसहित मुद्दा दर्ता गरेको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७