कुनै पद लिन र बार्गेनिङ गर्न पार्टीमा अलग प्रस्ताव राखेको होइन : जनार्दन शर्मा 

‘पदाधिकारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग बनाऊ’


१६:३० बजे
फाइल फोटो

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीका पदाधिकारीसम्मको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न प्रस्ताव गरेका छन् । जारी केन्द्रीय कमिटीको बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।

उनले अध्यक्षलाई हटाउन नभइ बहस सिर्जना होस् भनेर गत बैठकमा आफूले धारणा राखेको स्पष्ट पारेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आफूले कुनै पद लिन र बार्गेनिङ गर्न पार्टीमा फरक प्रस्ताव नल्याएको प्रष्ट पारेका छन् । केन्द्रीय समिति बैठकमा मंगलबार आफ्नो धारणा राख्दै उनले त्यो कुरा पार्टी अध्यक्षलाई पनि भनेको बताए ।

‘ती प्रस्ताव राख्दा कुनै कुनै पद लिनलाई, कुनै मन्त्री खानलाई, कनै बार्गेनिङ गर्नलाई होइन,’ शर्माको भनाइ छ, ‘त्यो अध्यक्ष कमरेडलाई मैले आफ्नो सबै कुरा बताएको पनि छु, त्यसको लागि होइन ।’ उनले गत साउनमा बसेको स्थायी समिति बैठकमा पार्टी नेतृत्व हस्तान्तरण गर्नुपर्ने भन्दै विभिन्न विकल्पसहितको प्रस्ताव पेस गरेका थिए । त्यसले माओवादीमा तरङ्ग सिर्जना गरेको थियो । शर्माले आफूलाई लागेको कुरा खुलस्त भन्ने आफ्नो स्वभाव भएको र त्यसै अनुसार पार्टीको विधि पद्धति अनुसार प्रस्ताव रोखेको समेत बताएका छन् ।

‘मलाई लागेका राजनीतिक, सांगठनिक विचारहरु विधिपद्धतिसँगत रुपमा राखेपछि, अध्यक्षसँग घण्टौं गएर कुरा गरेको छु,’ उनले भने, ‘मैले कुराहरु खुलस्त राखेको हुँ । कुनै नचपाई, अर्को कुनै नगरी, बाहिर गएर कुरा काट्नुभन्दा अगाडि भन्नु राम्रो हो भन्ने मेरो बानीका आधारमा त्यो कुरा राखेको हुँ । स्थायी समितिमा मैले लिखितरुपमा प्रस्ताव प्रस्तुत गरेको कुरा नेतृत्वको अगाडि, अभिभावकको अगाडि, पार्टीको अगाडि राख्नु मेरो कर्तव्य ठानेर मैले राखेको हुँ ।’ उनले पार्टी निर्माणको लागि माओवादी धारसँग एकता गरेर अघि बढ्नुपर्नेमा समेत जोड दिए । जारी बैठक आजै सक्ने माओवादीको तयारी छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७