विशेष महाधिवेशन गर्नुपर्ने वर्षमान पुनको प्रस्ताव
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको बैठकमा उपमहासचिव वर्षमान पुनले विशेष महाधिवेशनको प्रस्ताव गरेका छन् । पार्टीको अभियान सकेर आगामी मंसिरसम्ममा विशेष महाधिवेशन गर्नुपर्ने उनले बताएका छन् ।
पार्टी रुपान्तरणको लागि विशेष महाधिवेशनमा जानुपर्ने प्रस्ताव राखेपनि नेतृत्वमा प्रचण्डको विकल्प तयार भइनसकेको उनको भनाइ थियो । माओवादीमा विशेष महाधिवेशनको विषयमा मतभेद भइरहेको छ ।
यसअघि विशेष महाधिवेशनको प्रस्ताव गरेका अध्यक्ष प्रचण्डले अहिले ६ महिना पार्टी निर्माणको अभियान चलाएर नवौं महाधिवेशनमा जाने प्रस्ताव राखेका छन् । त्यसो त अर्का उपमहासचिव जनार्दन शर्मा पनि विशेष महाधिवेशनको पक्षमा छन् । विशेष महाधिवेशनबारे नेताहरूको मिश्रित धारणा आइरहेको हिजोको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले बताएका थिए ।