स्वर्णलक्ष्मी सहकारी ठगीमा रविको संलग्नताबारे यस्तो छ प्रहरी अनुसन्धानको निष्कर्ष (विवरण)


१६:०४ बजे

काठमाडौं । काठमाडौंस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले पाँच करोड  बढी बचत रकम अपचलन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले आइतबार जिल्ला अदालत काठमाडौँमा दर्ता गरेको अभियोजनमा सभापति रविले पाँच करोड ८ लाख ६९ हजार ६३३ रुपैयाँ ५ पैसा अपचलन गरेको निष्कर्ष निकालिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँको अनुसन्धान ब्यहोरामा भनिएको छ, ‘...गितेन्द्र बाबु-रवि लामिछानेको नाममा सो सहकारीमा खोलिएको कर्जा खाता-फायलहरूबाट प्रतिवादी रवि लामिछानेले स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट रु. ५,०८,६९,६३३.०५ (अक्षर रुपी पाँच करोड आठ लाख उनन्सत्तरी हजार छ सय तेत्तिस रुपैयाँ पाँच पैसा) अपचलन गरी ठगी गर्ने कार्यमा संलग्नता रहेको पुष्टि हुन आयो ।’

उनले आफू गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक तथा सञ्चालक समितिको सदस्य हुँदा कुनै वित्तीय जिम्मेवारीमा नभएको बताए । ‘नयाँ कम्पनी भएको र लगानीकर्ताको व्यापार व्यवसाय सात वटा देशमा भएको कारणले उनको व्यस्तताका कारण टेलिभिजन खोल्न ढिला नहोस् भन्ने उद्देश्यले म गोरखा मिडिया नेटवर्कका खाताअन्तर्गतका चेकहरूको हस्ताक्षरकर्ता थिएँ, लगानीकर्ता वा वित्तीय जिम्मेवारीमा कहिले पनि थिइनँ’, बयानमा लामिछानेले भनेका छन् ।

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७