भूकम्पपछि चीनले बन्द गर्‍यो सगरमाथा क्षेत्र


१६:४६ बजे
फाइल फोटो

काठमाडौं । आज (मंगलबार) विहानको शक्तिशाली भूकम्पपछि चीनले आफ्नो क्षेत्रबाट हुने सगरमाथाको अवलोकन बन्द गरेको छ । चिनियाँ सञ्चारमाध्यम जिनहुवानेटका अनुसार सगरमाथाको अवलोकन अस्थायी रूपमा बन्द गरिएको हो ।  

मंगलबार बिहान चीनको सिजाङ स्वायत्त क्षेत्रको डिंग्री काउन्टीमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो। चिनियाँ मापन केन्द्रले भने यसलाई ६ दशमलव ८ रेक्टर स्केल मापन गरेको छ ।  डिंग्री क्षेत्र सर्वोच्च शिखर सगरमाथाको आधार शिविर पनि हो । जहाँ भूकम्प जाँदा पर्यटक र अधिकारीहरू भने सुरक्षित रहेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

डिंग्री संस्कृति तथा पर्यटन ब्युरोका अनुसार उक्त क्षेत्रका होटेल र आसपासमा क्षेत्रमा रहेका भवनमा भने कुनै क्षति पुगेको छैन ।  डिंग्रीमै रहेका चिनियाँ विज्ञान प्रतिष्ठान, वायुमण्डलीय तथा वातावरणीय अनुसन्धानको सगरमाथा स्टेसन बन्द भएका छन् । यस्तै त्यस क्षेत्रको विद्युत् आपूर्ति पनि बन्द भएको छ ।   तर, समग्रमा भने ५३ जनाको मृत्यु र ६२ जना घाइते भएको समाचारमा पुष्टि भइसकेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७