सहकारी ठगी प्रकरण : अञ्जला कोइरालाको थुनछेक बहस न्यायाधीश भट्टराईको इजलासमा


०७:५७ बजे

काठमाडौं । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अदालतमा हाजिर भएकी छन् । सहकारी ठगी प्रकरणमा फरार ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला आज मोरङ जिल्ला अदालतमा हाजिर भएकी हुन् ।

अदालतमा हाजिर भएकी कोइरालाको थुनछेक बहस सुरू हुनेछ । उनी हाजिर भएसँगै बयान गराएर थुनछेक आदेश गर्ने अदालतको तयारी छ । जिल्ला अदालत उद्धवप्रसाद भट्टराईको इजलासमा उनको बयान र थुनछेक बहस हुने अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । मोरङ धनपालथान–४ मा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनमा नाम जोडिएकी अञ्जला अदालतले पुस २ मा पक्राउ पुर्जी जारी गरेपछि फरार थिइन् ।

सहकारीका अध्यक्ष शम्भु रौनियार, अञ्जला, रंगेली २ का वडाध्यक्ष सन्तलाल खवाससहित २६ जनाविरूद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । वडाध्यक्ष खवास ५ लाख धरौटीमा रिहा भइसकेका छन् ।  सोही प्रकरणमा नाम जोडिएकी कोइराला बुधबार बिहान अदालत खुल्ने समयमै हाजिर भएकी हुन् ।

विराटनगरस्थित महेन्द्र विराट रात्री विद्यालयकी शिक्षक कोइराला अदालतको पक्राउ पुर्जीपछि विद्यालयमा विदा लिएर फरार थिइन् । इलाका प्रहरी कार्यालय रंगेलीले अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय मोरङले गत मंसिर २७ गते पोखरेल–पत्नी अञ्जला र सहकारीका अध्यक्ष शम्भु रौनियारसहित २६ जनाविरुद्ध २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगोसहित मुद्दा दर्ता गरेको थियो ।

प्रतिवादीहरूलाई बिगोबमोजिम जरिवाना र ६ वर्षदेखि ८ वर्षसम्म कैद सजाय पनि माग गरिएको छ । यअघि अभियोगपत्र दायर गर्दा भने रोशन राजवंशीलाई मात्र अदालतमा पेस गरिएको थियो । वडाध्यक्ष खवास भने ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७