५१ अधिकृत उपसचिवमा बढुवा सिफारिस (सूचीसहित)


२०८१ माघ १ मंगलबार ०७:२७ बजे

काठमाडौं । प्रशासन सेवाका ४० जनासहित विभिन्न सेवामा ५१ शाखा अधिकृत उपसचिवमा बढुवा सिफारिस भएका छन् । जसमा सबैभन्दा बढी ४० जना प्रशासन सेवाका, ४ जना विविध सेवाका, ४ जना कृषि सेवाका र ३ जना लेखापरीक्षण सेवाका छन् ।

बढुवा समितिको वैठकले कार्यक्षमताका आधारमा नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवाका ४० जना शाखा अधिकृतलाई सोही सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।  बढुवाको पहिलो नम्बरमा श्रीकृष्ण पौडेल, दोस्रो नम्बरमा केशवराज पार्धे, तेस्रो नम्बरमा ढालबहादुर जिसी, चौथो नम्बरमा डम्मरुबल्लभ बराल र पाँचौ नम्बरमा भक्तबहाुर भट्टराई छन् ।

अन्तिम तथा ४० औँ नम्बरमा राजेन्द्रप्रसाद गौतम छन् । उनीहरु सबैलाई बढुवा सिफारिस समितिले शतप्रतिशत अर्थात १०० अंक नै दिएको छ । बढुवाको प्रतिस्पर्धामा रहेका थप १२५ शाखा अधिकृतलाई पनि शतप्रतिशत अर्थात १०० अंक नै बढुवा समितिले दिएको छ । कार्यक्षमताका आधारमा हुने ४० सिटमा बढुवाका लागि २२४ जनाले आवेदन दिएकोमा १९० जना सम्भाव्य उम्मदेवार कायम भएका थिए ।

ज्येष्ठता तथा कार्यसम्पादन मुल्यांकनका आधारमा नेपाल विविधि सेवाका ४ शाखा अधिकृत पनि सम्बन्धित सेवातर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जसमा पहिलो नम्बरमा भुवनकुमार भण्डारी, दोस्रोमा केशव खतिवडा, तेस्रोमा गिरीशकुमार झा र चौथोमा हरिप्रसाद पोख्रेल रहेका छन् ।

नेपाल लेखापरीक्षण सेवातर्फका शाखा अधिकृत क्षेत्रबहादुर थापा, कृष्णशरण कार्की र प्रसाद थारु पनि सोही सेवातर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । नेपाल कृषि सेवातर्फको लाइभस्टक पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट समूहतर्फका शाखा अधिकृत खिमानन्द खनाल र श्यामकृष्ण तिवारी तथा कृषि सेवाकै भेटेनरी समूहतर्फका सुस्मिता गौतम र मञ्जु महर्जन सोहि सेवा तथा समूहतर्फको उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

हेर्नुस् बढुवा सूची
 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७