आज कहाँ–कहाँ छ बर्षा र हिमपातको सम्भावना ?
काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसमविदले जनाएका छन् । जसको प्रभावका कारण आज (बुधबार) देशका केही भू–भागमा वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सुदूरपश्चिमका हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना छ । केही क्षेत्रमा हिमपात हुने महाशाखाले जनाएको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका अनुसार बिहान तराईंका केही भूभागमा हुस्सु र कुहिरो लागेको छ ।
महाशाखाले आगामी आगामी २४ घण्टाका लागि जारी गरेको चेतावनी तथा परामर्शमा भनिएको छ, ‘आज सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । तराईका केही भूभागमा हुस्सु रकुहिरो लागेको अवस्था छ । यसका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात, पर्यटन तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।’
यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान