वंगलादेशविरूद्ध नेपालको खराब ब्याटिङ, ५२ रनमै अल आउट


२०८१ माघ ५ शनिबार १६:४७ बजे

 काठमाडौं । आइसीसी यू–१९ महिला टी २० विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बंगलादेशविरुद्धको डेब्यू खेलमा नेपाल ५२ रनमै समेटिएको छ । मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङमा तानिएको नेपाल १८.२ ओभरमा अलआउट हुँदै ५२ रन जोडेको हो ।

नेपालका लागि सना प्रविनले सर्वाधिक १९ रन बनाइन् । सीमाना केसीले १० रन बनाउनु बाहेक अरू खेलाडीले दोहोरो अंकमा रहन बनाउन सकेनन् । एलिसा यादव ४, तिर्सना विश्वकर्मा र रचना चौधरी ३, कप्तान पूजा महतो २ , किरण कुँवर र सावित्री धामी १÷१ रनमा आउट भए ।

अनु कडायत र सोनी पाख्रिन शून्यमा पभेलियन फर्किए । रिया शर्मा ५ रनमा अविजित रहिन्। अब केहीबेरमा बंगलादेशले जवाफी ब्याटिङ सुरु गर्नेछ । गत डिसेम्बरमा मलेसियामै भएको यू–१९ एसिया कपमा नेपाल बंगलादेशसँग नै हारेको थियो । विश्वकपमा नेपालसहित १६ राष्ट्रको सहभागिता छ ।

दोस्रो संस्करणसम्म आइपुग्दा पहिलो पटक खेल्न लागेको नेपाल समूह ‘डी’मा परेको छ । बंगलादेशसँगै भारत र स्कटल्याण्ड पनि नेपालकै समूहमा छन् । नेपालले माघ ७ गते स्कटल्याण्डसँग र माघ ९ गते अष्ट्रेलियासँग खेल्ने छ । अष्ट्रेलिया र बंगलादेश दुबै नेपाल भन्दा बलिया टिम हन् । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७