‘प्रचण्डजीले माघ अन्तिम साता हिउँदे अधिवेशन बोलाएको बिर्सनु भएछ कि क्या हो ?’ 


२०८१ माघ ५ शनिबार ०४:४५ बजे
फाइल फोटो

काठमाडौं । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आफू प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन डाकेको मिति स्मरण गर्न अनुरोध गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले संसद् अधिवेशन बोलाउन माग गरेको समाचार सार्वजनिक भएपछि महासचिव पोखरेलले आज (शनिबार) सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम साता बोलाएको बिर्सनु भए छ कि क्या हो ? भनेर कटाक्ष गरेका छन् । उनले विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने हेक्का राख्न पनि प्रचण्डलाई अनुरोध गरेका छन् ।

‘प्रचण्डजी प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम साता बोलाएको बिर्सनु भएछ कि क्या हो ? उहाँलाई अहिले माघको पहिलो हप्तामै हिउँदे अधिवेशन नडाकेकोमा ठूलो चिन्ता भएछ । अनि उहाँले प्रतिपक्षमा रहेका दलहरूको बैठक डाकेर विशेष अधिवेशन बोलाउने घुर्की समेत लगाउनु भएछ । विशेष अधिवेशनले हिउँदे अधिवेशनको आवश्यकता पूरा गर्दैन भन्ने उहाँलाई हेक्का त होला नै तर पनि विपक्षी दलको नेता भएपछि घुर्की त लगाउनै पर्‍यो क्यारे  होइन त ?’, महासचिव पोखरेलले लेखेका छन् । 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७