नेकपा एसकी केन्द्रीय सदस्य पाख्रिनसहित दर्जन नेता–कार्यकर्ता एमालेमै फर्किए


१२:३४ बजे

सिन्धुली । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्यसहित दर्जन नेता–कार्यकर्ता पार्टी त्यागेर नेकपा एमालेमा फर्किएका छन् । एमाले सिन्धुलीको तीन महिने वडा केन्द्रित अभियान अभिमुखीकण कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा अनेमसंघ स्थायी कमिटी सदस्य शान्ता पाख्रिन र बागमती प्रदेश सदस्य गीता कटुवाललगायत नेताहरु टीका र खादा लगाएर नेता–कार्यकर्ता नेकपा एमालेमा फर्किएका छन् ।

एमाले बागमती प्रदेश कमिटीद्वारा तीन महिने वडा केन्द्रित अभियानको सन्दर्भमा सिन्धुली आइपुगेका एमाले प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले पार्टी विभाजनसँगै माधव नेपाल नेतृत्वको नेकपा एसमा लागेका केन्द्रीय सदस्य शान्ता पाख्रिन, बागमती प्रदेश सदस्य गीता कटुवाल, जिल्ला कमिटी सचिवालय सदस्य एबं भूतपूर्व सैनिक संगठन केन्द्रीय सचिव भरत कटुवाल, जिल्ला कमिटी सदस्य सम्झना कुमारी श्रेष्ठ र माया देवी थापा, विजिता कटुवाल बार एसोसिएसन सदस्य र रुक्मणी थापा एमाले फर्किएका नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए ।

नवप्रवेसी नेताहरुले नेकपा एस पार्टीको औचित्य सकिएको र एमालेको विकल्प नरहेको निश्कर्षसहित पुरानो घरमै फर्किएको बताएका छन् । उनीहरुलाई एमाले बागमती प्रदेश अध्यक्ष ढुंगेलसहित सिन्धुली जिल्ला इञ्चार्जसमेत रहेका केन्द्रीय सदस्य मनोज जंग थापा, केन्द्रीय सदस्यहरु गणेश कुमार पहाडी, बिषमलाल अधिकारी, कमलजंग राई, उमा कोइराला, निरु दर्लामी कुँवर, सुबास देवकोटा नेताहरुले स्वागत गरेका थिए ।

नेकपा एमाले बागमतीले ‘पुराना जगाउँ, नयाँ बढाऊ’ भन्ने नाराका साथ टोल टोलमा मसिनो योजनाका साथ पार्टी कामलाई अगाडि बढाउने बताइएको छ । बैठकले सदस्यता नबिकरण र बिस्तार, अन्तरविरोध समाधान तथा व्यवस्थापन, स्थानीय अधिवेशनहरु, जनतासँग जनसंगठन, युवा नेतृत्व विकासको कामः जेनजिसँग पार्टी अभियान, बैचारिक तथा राजनैतिक काम, साइवर हमलाको प्रतिवाद, विकास निर्माण र जनसरोकार र रचनात्मक कामहरुलाई अभियानसँगै जोडेर लैजाने जनाएको छ ।

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७