घरेलु मैदानमै नेपालको लगातार पराजय, आज नेदरल्याण्ड्सको सामना गर्दै
काठमाडौं । महिला त्रिकोणात्मक टि–२० सिरिजमा नेपालले आज (बुधबार) पाँचौँ खेल नेदरल्याण्ड्ससँग खेल्दैछ ।मंगलबार (हिजो) भएको खेलमा नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको थियो । योसँगै नेपाल उपाधि होडबाट बाहिरिएको छ ।
त्यसअघि नेपाल पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्ससँग र दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । पहिलो र तेस्रो खेलमा नेदरल्याण्ड्सलाई हराएको थाइल्याण्डले दोस्रो खेलमा नेपाललाई पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज अपरान्ह्र सवा १२ बजेदेखि खेल सुरु हुने जनाइएको छ । नेपालले सिरिजको अन्तिम खेल शुक्रबार थाइल्यान्डसँग खेल्दैछ ।