‘ड्युटी’ गर्दागर्दै प्रहरी हवल्दारको निधन


२०८१ फाल्गुण ४ आइतबार ११:२६ बजे

सोलुखुम्बु । सेवामा खटिरहेकै बेला एक प्रहरी हवल्दारको आइतबार निधन भएको छ । अस्थायी प्रहरी चौकी दोर्पुका इञ्चार्ज शिवप्रसाद भट्टराईको आइतबार बिहान काममा खटिएकै बेला निधन भएको सोलुखुम्बु प्रहरी प्रमुख  टेकुनन्दइवा लिम्बूले जानकारी दिए ।

लिम्बूका अनुसार काममै रहेका बेला शनिबार राति १२ बजे अत्याधिक पेट दुखेपछि उनलाई जिल्ला अस्पताल फाप्लु उपचारका लागि लगिएकामा बेहोश हुँदाहुँदै निधन भएको हो । भोजपुर घर भई हाल सुनसरीमा बस्दै आएका ३८ वर्षीय भट्टराईका श्रीमती तथा  दुई छोरा र एक छोरी छन् । अहिले उनको शव घर पठाउने तयारी भइरहेको  प्रहरी नायब उपरीक्षक लिम्बूले जानकारी दिए । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७