पीएम कप : गण्डकीलाई लुम्बिनी प्रदेशले हरायो

काठमाडौं । जारी पीएम कपमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई पराजित गरेको छ । बिहीबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा लुम्बिनीले गण्डकीलाई १४ रनले पराजित गरेको हो ।
लुम्बिनीले दिएको २१८ रनको लक्ष्य पछाएको गण्डकीले ५० ओभरमा ९ विकेट गुमाउँदै २०३ रन बनाएको थियो । गण्डकीका लागि अर्जुन कुमालले सर्वाधिक ६२ रन बनाए भने सुबास भण्डारीले ३० रन बनाए । त्यस्तै लुम्बिनीका बलर निर्मल गुरुङले ३ विकेट लिए भने बिप्रासन केसीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको लुम्बिनी ४९.५ ओभरमा अल आउट हुँदै २१७ रन बनाएको थियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ७२ रन बनाए भने म्रिनल गुरुङले ३८, कप्तान देव खनालले ३३ रन बनाए । त्यसैगरी गण्डकीका बलर अमृत गुरुङले ३ विकेट लिए भने चन्द्र पौडेल र विपिन खत्रीले २÷२ विकेट लिए । यो जित पछि लुम्बिनीको ३ खेलमा २ जित र एक हारसहित ४ अंक भएको छ भने गण्डकी प्रदेशको ३ खेलमा २ हार र एक जितसहित २ अंक रहेको छ ।