नेपाललाई युगाण्डाले दियो ९२ रनको लक्ष्य


२०८१ फाल्गुण २९ बिहीबार २२:०७ बजे
तस्वीर : क्यान

काठमाडौं । वुमन्स डे कप टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली युगाण्डाले नेपाललाई ९२ रनको लक्ष्य दिएको छ । एन्टेब्बे क्रिकेट ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको युगान्डाले २० ओभरमा ५ विकेट गुमाएर ९१ रन बनायो । युगाण्डाकी रिता मुसामालीले ३८ रन बनाइन् । नेपालकी रिया शर्माले २ विकेट लिइन् ।

प्रतियोगितामा नेपालले यसअघिका चारमध्ये तीन खेलमा हार व्यहोरेको छ । यसअघिको भेटमा नेपालले युगाण्डालाई एक विकेटले हराएको थियो । यस्तै नेपाल नामिबियासँग दुवै खेल र हङकङसँग एक खेलमा पराजित भएको छ । नेपाल अङ्क तालिकाको पुच्छारमा छ । लिग चरणमा शीर्ष २ मा पर्ने टोलीले उपाधिका लागि चैत ३ गते फाइनल खेल्ने छन् ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७