नेपाल युगाण्डासँग पराजित, फाइनल दौडबाट बाहिरियो


२०८१ फाल्गुण २९ बिहीबार २२:५१ बजे
तस्वीर : क्यान

काठमाडौं । वुमन्स डे कप–२०२५ मा नेपाल युगाण्डासँग पराजित भएको छ । युगाण्डाको एन्टेबे क्रिकेट मैदानमा नेपालले खेलेको आफ्नो पाँचौं खेलमा युगाण्डासँग ४० रनले पराजित भएको हो ।

९२ रनको लक्ष्य पछ्याएको नेपाल १७.१ ओभर अलआउट हुँदै ५१ रनमात्र बनाउन सक्यो । नेपालका लागि कविता जशीले १२ र इन्दु बर्माले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि टस जितेर ब्याटिङ गरेको युगान्डाले निर्धारित ओभरको खेलमा ५ विकेट गुमाएर ९१ रन बनाएको थियो । प्रतियोगितामा नेपालले यसअघिका चार खेलमध्ये तीनमा हार व्यहोरेको थियो ।

यसअघिको भेटमा युगाण्डा नेपालसँग एक विकेटले पराजित भएको थियो । साथै नेपालले नामिबियासँगै दुवै खेल र हङकङसँग एक खेलमा पराजय भइसकेको छ । नेपाल अंक तालिकाको पुच्छारमा छ । युगाण्डामा जारी वुमन्स डे कप टि–२० क्रिकेटमा नेपाल एक खेल अघि नै लिग चरणबाटै बाहिरिने पक्का भएको छ । लगातारको खराब ब्याटिङसँगै नेपाल फाइनलमा पुग्न सम्भावना सकिएको हो । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७