युगाण्डाविरुद्ध नेपालले बलिङ गर्दै, जित्नै पर्ने दबाव

काठमाडौं । वुमन्स डे कप–२०२५ मा नेपालले पाँचौं खेलमा युगाण्डासँग टस हारेर बलिङ गर्ने भएको छ । युगान्डाकी कप्तानले टस जित्दै नेपाललाई बलिङको निम्तो दिएकी हुन् । आजको खेलमा नेपालको टिममा एक परिवर्तन गरिएको छ ।
विकेटकिपर रोमा थापाको स्थानमा अलिशाकुमारी यादवले आजको खेल खेल्ने छिन्। चार खेलमा नेपालले ३ हार र १ जित हात पार्दै तालिकाको पुच्छरमा रहेको छ । फाइनल खेल्ने सम्भावना कायम राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ ।
नेपाली टिम : इन्दु बर्मा (कप्तान), अलिशाकुमारी यादव (विकेटकिपर), सम्झना खड्का, साना प्रविन, रिया शर्मा, पूजा महतो, कविता जोशी, रुविना क्षेत्री बेलबासे, ममता चौधरी, रचना चौधरी र ईश्वरी विष्ट ।