कलंकीमा युवकमाथि खुकुरी प्रहार, एक जना पक्राउ


२०८१ चैत १ शुक्रबार २३:३० बजे

काठमाडौं । काठमाडौंको कलंकीमा एक युवकमाथि खुकुरी प्रहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुई पिपल देउराली घर भइ काठमाडौं बाफल बस्दै आएका २० वर्षीय सुशील तामाङ छन् । उनलाई खकुरीसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनले २९ फागुनको साँझ करिब ६ बजेतिर कलंकीस्थित सिता पेट्रोल पम्प अगाडिको सडकमा मोरङको कटारी गाउँपालिका–४ घर भएका ३० वर्षीय सुवास राईमाथि खुकुरी प्रहार गरेको आरोप छ । राईविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७