‘हामी जनतासँग नजिक भएपछि आत्तिएर सरकारमा जाँदैछ भन्ने हल्ला फैलाइयो’


२०८१ चैत २ शनिबार ०५:०० बजे

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले सरकारमा जान लागेको हल्ला निराधार भएको स्पष्ट पारेको छ । शनिबार अध्यक्ष दाहालको निजी स्वकीय सचिव गंगा दाहालले एक बयान जारी गर्दै बेतुकको हल्ला चलाइएको दाबी गरेकी छिन् । 

उनले लेखेकी छिन्, ‘भ्रष्टाचारविरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर–घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी (केन्द्र) को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले ‘माओवादी केन्द्र पनि सरकारमा जाँदैछ’ भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन ।’ उनले अगाडि भनेकी छिन्, ‘हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौ ।’
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७