‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्बन्धमा पुँजीवादीहरुको दृष्टिकोण र हाम्रो दृष्टिकोणमा भिन्नता छ’
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको र प्रेसका आयममाथि नेकपा (एमाले)का महासचिवसँग संवाद

हामी कहाँ सैद्धान्तिक हिसाबले मुलत दुई शक्ति क्रियाशिल छन् । एक वामपन्थी आन्दोलनको रुपमा नेकपा (एमाले) र उदारवादी शक्तिको रुपमा नेपाली कांग्रेस । एमाले समाजवादी, कांग्रेस पुँजीवादी । यद्यपी दुबै शक्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा छौं भन्छ । हाम्रो संबिधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टी गरेको छ । वामन्पथीहरुले वकालत गर्ने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आयम पुँजीवादीहरुको भन्दा फरक छ वा उस्तै ? प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र प्रेस सम्बन्धीका आयमका प्रश्नमा नेकपा (एमाले) महासचिव शंकर पोखरेलसँग गरिएको कुराकानीको सम्पादित अंश । यो अन्तर्वार्ताबाट नेकपा (एमाले)को प्रेस सम्बन्धी नीतिलाई गहिरो गरी बुझ्न सकिन्छ । यो अन्तर्वार्तामा वामपन्थी आँखाबाट प्रेसलाई पर्गेल्ने प्रयास गरिएको छ । यो अन्तर्वार्ता प्रेस चौतारी नेपालले ३ बर्ष अघि प्रकाशन गरेको स्मारिकाबाट साभार गरिएको हो ।
तपाईं नेकपा (एमाले) को महासचिव मात्रै होइन विचारक पनि हुनुहुन्छ । नेकपा (एमाले) को मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र जनताको बहुदलीय जनवादको आलोकबाट प्रेस तथा स्वतन्त्र अभिव्यक्तिलाई कसरी संश्लेषण गर्नुहुन्छ ?
– वास्तवमा नेपालमा कम्युनिष्ट आन्दोलनका सन्दर्भमा एउटा लोकतान्त्रिक कम्युनिष्ट पार्टी निर्माणको प्रक्रिया अगाडि बढाइराखेका छौं । खासगरी जननेता मदन भण्डारीले विश्व कम्युनिष्ट आन्दोलनमा देखा परेका आरोह–अवरोह विशेषगरी सोभियत संघमा समाजवादको असफलता पछाडि समाजवादी आन्दोलनलाई कसरी नयाँ ढंगले अगाडि बढाउन सकिन्छ भन्ने मान्यताको संश्लेषणका आधारमा नयाँ सोचहरु विकसित गर्नुभयो । त्यो नयाँ सोचको जगमा हामीले जनताको बहुदलीय जनवादका माध्यमबाट नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने प्रक्रिया आरम्भ गरेका छौं । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणको कुरा गर्दा स्वभाविक रुपमा प्रजातन्त्रका, लोकतन्त्रका मूल्यमान्यताहरुलाई कम्युनिष्ट आन्दोलनले गहिरो गरी आत्मसात गर्नुपर्छ भन्ने मान्यता त्यसमा अन्तरनिहीत छ ।
खासगरी जनताको बहुदलीय जनवादले १४ विशेषताहरुको चित्रण गरेको छ । त्यो विशेषता मूलतः लोकतन्त्रका आधारभुत मूल्यहरुसँग जोडिएका छन् । ती मूल्यहरुलाई सबल र सुदृढ गर्ने कुराहरुमा चाहिँ प्रेसको महत्वपूर्ण भूमिका रहन्छ । व्यक्तिगत स्वतन्त्रता र राजनीतिक स्वतन्त्रताको विषय, नागरिक अधिकारका विषयहरु सबै चिजलाई यसले स्थापित गर्ने कुरामा प्रेसको अहम् भूमिका रहन्छ । त्यो चिजलाई जनताको बहुदलीय जनवादले गहिरो गरी आत्मसात् गरेको छ । हामीले नेपालको संविधान निर्माणको सम्बन्धमा चाहे २०४७ सालको संविधान निर्माणको सन्दर्भमा पार्टीको तर्फबाट भूमिका निर्वाहको कुरा होस् वा २०६२/ ६३ को परिवर्तन पछाडि संविधानसभाबाट संविधान निर्माण गर्ने प्रक्रियामा होस्, प्रेसको भूमिकालाई हामीले संविधानः स्थापित गर्ने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गरेका छौं ।
जनताको बहुदलीय जनवादले लोकतन्त्रका आधारभू मूल्यहरुलाई अगाडि सारिरहँदा मानिसहरुमा एउटा भ्रमचाहिँ सिर्जना हुने गरेको छ । त्यो भनेको नेकपा एमालेले जे कुरा गरिराखेको छ, त्यो कुरा चाहिँ एकप्रकारले युरोपमा युनिजम सम्बन्धी कुरा हो भन्ने अर्थमा त्यसलाई वर्ग दृष्टिकोणभन्दा बाहिरको विषयको रुपमा चित्रण गर्ने कुरा वा अर्को अर्थमा भन्दा पूँजीवादले अबलम्बन गर्दै आएका कुराहरु अगाडि सारेर त्यसको नविनता वा मौलिकताको अर्थ के रहन्छ भन्ने अर्थमा आलोचना हुने गरेको छ । तर, जनताको बहुदलीय जनवादले लोकतन्त्रका आधारभूत मूल्य मान्यताहरुलाई त्यही हिसाबले आत्मसात् गरेको छ । एउटा विषय लोकतन्त्रका आधारभूत मूल्य भनेको पूँजीवादको विशेषता होइनन्, तिनीहरु मानव जातिको विकासको क्रममा आर्जन गरिएका जिवन्त मूल्यवान् उपलब्धि हुन् । जुन चिजलाई लामो समयसम्म चाहिँ मानव जातिले आफ्नो हितमा प्रयोग गर्न सक्छ ।
पूँजीवादले पनि त्यसलाई प्रयोग गरेको हो र समाजवादीहरुले पनि त्यसलाई प्रयोग गर्न सक्छन्, किनभने त्यो मानव जातिको उपलब्धि हो । त्यो पूँजीवादी प्रणालीको उपलब्धि होइन र मानव जातिको उपलब्धिको जगमै समाजवादको निर्माण हुन्छ भन्ने दृष्टिकोणका आधारमा लोकतन्त्रका आधारभुत मूल्यहरुलाई चाहिँ प्रयोग गर्न खोजिएको हो । दोस्रो सन्दर्भ के हो त भन्दा हिजो पूँजीपती वर्गहरुले मानव जातिले विकसित गरेका मूल्यपद्धतिहरुलाई पूँजीपति वर्गको वर्ग स्वार्थका लागि प्रयोग गर्दै आए, जनताको बहुदलीय जनवादले लोकतन्त्रका आधारभुत मूल्यहरुलाई श्रमजीवि वर्गका हितका लागि प्रयोग गर्ने मान्यतालाई स्थापित गर्न खोजेको छ । त्यस अर्थमा यसलाई आधारभुत रुपमा भिन्न छ भन्ने कुरालाई बुझ्नु जरुरी छ । त्यस अर्थमा हामीले प्रेस स्वतन्त्रताको कुराकानी गर्दा पूँजीवादीहरुले गर्ने दृष्टिकोण र हाम्रो दृष्टिकोणमा भिन्नता रहन्छ भन्ने पक्षलाई बुझ्नु जरुरी छ । पूँजीवादीहरुले त्यसलाई पूँजीपति वर्गको हितका लागि प्रयोग गर्छन । हामी त्यसलाई आमनागरिकको हितका लागि, श्रमजीवि वर्गको हितका लागि अझ पछिल्लो समय सञ्चारमाध्यममा शब्दको चर्चा हुने गर्छ आवाजविहीनहरुको आवाजलाई मुखरित गर्न प्रयोग गछौं भन्ने अर्थमा लिनु जरुरी छ । वर्ग दृष्टिकोणको प्रश्नचाहिँ महत्वपूर्ण हुन्छ । चाहे लोकतन्त्रका आधारभूत मूल्यमान्यताका कुरा गरौं चाहे प्रेस स्वतन्त्रता, राजनीतिक स्वतन्त्रता, वैयक्तिक स्वतन्त्रताको कुरा गरौं, त्यसले कसलाई हित पु-याउँछ भन्ने महत्वपूर्ण रहन्छ ।
त्यस आधारमा जनताको बहुदलीय जनवादले वर्ग दृष्टिकोणका हिसाबले भन्ने हो भने श्रमजीवि वर्गलाई सशक्तिकरण गर्ने कुरालाई मुख्य आधारका रुपमा प्रयोग गर्छ, यसमा हामी स्पष्ट हुनुपर्छ भन्ने मलाई लाग्छ । अर्को एउटा विषय नेपाली राजनीतिका क्षेत्रमा हामीले बुझ्नु पर्ने विषय भन्दा हामी क्रान्ति र परिवर्तनको कुरा गर्छौं । त्यो कुरा गर्दा उपरी संरचनामा, परिवर्तनलाई बढी महत्वका साथ हेर्ने गरिन्छ । तर समाज व्यवस्थाका सन्दर्भमा भन्ने हो भने संरचनामा परिवर्तन हुने भनेको त्यति ठूलो अर्थ राख्दैन । त्यसको मनोवैज्ञानिक प्रभाव त हुन्छ । राजनीतिक परिवर्तन भन्ने अर्थमा त्यसको ठूलो प्रभाव हुन्छ, तर सामाजिक रुपमा भन्दा आर्थिक प्रणालीमा हुने बदलाब वा सामाजिक जीवनमा हुने बदलाबले अर्थ राख्छ ।
त्यस अर्थमा क्रान्तिको मूल अन्र्तय के हो भन्दा उत्पादन सम्बन्धमा बदलाब हो । बदलाब भएन भने समाजको परिवर्तन चाहिँ सही दिशामा जान सक्दैन । त्यस अर्थमा कुनै पनि राजनीतिक क्रान्तिको उद्देश्य के हो त भन्दा उत्पादन सम्बन्धमा बदलाब हो । आज हामी राजतन्त्रको युगबाट गणतन्त्रको युगमा प्रवेश गरेका छौं । गणतन्त्रको आफ्नो उत्पादन पद्धति हुन्छ । त्यो उत्पादन पद्धतिलाई स्थापित गर्न सक्छौं, समाज सहि बाटोमा अगाडि बढ्न सक्छ । गणतन्त्रको उत्पादन पद्धति के हो भन्ने कुरामा ध्यान दिन सकिएन र त्यो उत्पादन पद्धतिलाई सबल र सुदृढ बनाउने कुरामा ध्यान दिन सकिएन भने परिवर्तन चाहिँ संकटमा पर्छ । जसरी २००७ सालको परिवर्तन २०१७ सालमा प्रतिगमनमा रुपान्तरित भयो । २०४६ सालको परिवर्तन चाहिँ २०५८/०५९ को प्रतिगमनकारी घटनामा रुपान्तरित भयो ।
त्यो प्रकारको स्थिति आउन नदिन हामीले हरदम के कुरामा ध्यान दिनुपर्छ भन्दा उत्पादन पद्धतिलाई बदलाब गर्ने कुरालाई सुदृढ गर्ने कुरामा ध्यान दिनुपर्छ । तब मात्रै समाज व्यवस्था सही दिशातर्फ रुपान्तरित हुन्छ । अर्कोतर्फ समाज निरन्तर गतिशील हुन्छ भन्ने कुरालाई बुझ्दाखेरी समाज जहिले पनि परिवर्तन भइराखेको हुन्छ । एउटा युगबाट अर्को युगमा बदलिएपछि उत्पादन केही समय परिवर्तनलाई सुदृढ गर्ने चरणमा गुज्रिन्छ । त्यतिबेला स्वभाविक रुपमा समाजमा चाहिँ दुबै वर्ग उत्पादन शक्ति र उत्पादन सम्बन्ध दुबै मिलेर काम गर्छन । उत्पादन सम्बन्ध स्थिर हुन्छ, उत्पादक शक्तिचाहिँ विकासवान् हुन्छ । उत्पादक शक्तिको विकासको स्तरमा फेरि अर्को नयाँ परिवर्तनको सुरुवात हुन्छ । क्रान्ति निरन्तर हुने प्रक्रिया भनेको त्यस अर्थमा हो । उत्पादक शक्तिलाई बलियो बनाउने कुराको सन्दर्भमा स्वभाविक रुपमा चेतनाको ठूलो हात हुन्छ । चेतनाको विकास बिना उत्पादक शक्ति विकसित हुन सक्दैन । उत्पादक शक्तिलाई सबल र सुदृढ बनाउने कुरामा सञ्चार माध्यमको महत्वपूर्ण भूमिका हुन्छ ।
हामी कहाँ सैद्धान्तिक हिसाबले मुलत दुई शक्ति क्रियाशिल छन् । एक वामपन्थी आन्दोलनको रुपमा नेकपा (एमाले) र दक्षिणपन्थी उदारवादी शक्तिको रुपमा नेपाली कांग्रेस । एमाले समाजवादी, कांग्रेस पुँजीवादी । यद्यपी दुबै शक्तिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पक्षमा छौं भन्छ । यस सन्र्दभमा तपाईहरुले वकालत गर्ने प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको आयम पुँजीवादीहरुको भन्दा फरक छ वा उस्तै ?
– पुँजीवादी दृष्टिकोण र समाजवादी दृष्टिकोणको भिन्नता के हुन्छ भन्दा प्रेस स्वतन्त्रताकै सन्दर्भमा कुरा गर्दा प्रेसले कुन वर्गको सेवा गर्ने ? त्यहाँ पनि दृष्टिकोण आइहाल्छ । पुँजीपती वर्गहरुले स्वभाविक रुपमा प्रेसलाई के कुरामा प्रयोग गर्न सक्छ त भन्दा मूलतः पुँजीपति वर्गको जुन वर्चश्व छ, त्यो वर्चश्वलाई गुम्न नदिनका लागि वा त्यसलाई प्रबन्धन गर्नका लागि प्रेसको प्रयोग गर्ने । त्यसलाई उनीहरुले स्वभाविक रुपमा विज्ञापन बजारका माध्यमबाट आफ्नो स्वार्थको नियन्त्रण गर्ने कोसिस गर्छ । त्यसो गर्दा मिडिया कसरी प्रयोग हुन्छ भन्दा पुँजीपति वर्गका लागि मिडिया प्रयोग हुने खालको स्थिति कसरी बन्छ ? उनीहरुले विज्ञापनका माध्यमबाट, बजारीकरणका माध्यमबाट प्रेसलाई आफ्नो नियन्त्रणमा लिन खोज्छन् । प्रेसको सहयोगमा उनीहरुले मुनाफा कमाउँछन् । त्यो मुनाफाको एउटा हिस्सा बजारीकरणका लागि खर्च गर्ने गर्छन । त्यसो हुँदा हामीले जुन रुपमा अपेक्षा गर्छौं, स्वतन्त्रको प्रर्वद्धर्ने कुराको अपेक्षा गर्छौं, एकप्रकारले आवाजविहीनहरुलाई स्थापित गर्ने कुराको अपेक्षा गर्छौ र वास्तविक कुराहरु चाहिँ समाजमा उजागर हुन् भन्ने कुराको अपेक्षा गर्छौं ।
ती चिजहरुलाई पुँजीवादी दुनियाँले मिडियाको कर्पोरेट सिस्टमका आधारमा नियन्त्रण गर्ने कोसिस गर्छ । मिडियामा लगानी गर्ने जुन वर्ग छ, त्यो वर्गले पुँजी निर्माणमा नेतृत्व गरिरहेको वर्गसँग सहकार्य गर्छ र उनीहरुको स्वार्थमा मिडियाको परिचालन गर्ने काम गर्छ । एकप्रकारले भन्ने हो भने जसले उत्पादक शक्तिमा जोड दिन्छ, जस्तो समाजवादीहरु हरदम उत्पादक शक्तिलाई प्रर्वद्धर्ने कुरामा सञ्चारमाध्यमहरुको प्रयोग चाहन्छन् । अथवा उनीहरुको उद्देश्य के हुन्छ भन्दा श्रमजीवि वर्गलाई कसरी सशक्तिकरण गर्ने ? उनीहरुको हितलाई कसरी प्रर्वद्धर्ने ? उपभोत्ताको हितलाई कसरी प्रर्वद्धर्ने ? उपभोत्तालाई कसरी सशक्त बनाउने ? भन्ने कोणबाट समाजवादीहरुले जे दृष्टिकोण गर्छन, त्यो दृष्टिकोणको पक्षमा पैरवी गर्ने काम स्वभाविक रुपमा आमसञ्चारका माध्यमबाट स्वभाविक रुपमा श्रमजीवि पत्रकारहरुले गर्छन । पुँजीवादीहरु मिडिया मालिक, व्यवस्थापकका माध्यमबाट मिडियालाई प्रभावित गर्ने काम गर्छन् भने समाजवादीहरु मिडियाकर्मीका माध्यमबाट समाजलाई सही सूचना सम्प्रेषण गर्ने कुरामा भूमिका खेल्छन् । त्यस अर्थमा हामीले यो अन्तर देख्नु पर्छ । नेपालकै सन्दर्भमा भन्ने हो भने मिडिया मालिक बढी कांग्रेसको नजिक रहने र श्रमजीवि पत्रकारहरु नेकपा एमालेको नजिक रहने भनेको यो वर्ग दृष्टिकोणको भिन्नताको परिणाम हो । यसलाई त्यो रुपमा बुझ्नु पर्छ ।
यस अर्थमा हामीले स्वभाविक रुपमा आमसञ्चार माध्यमको कुरा गरिरहदाखेरी स्वतन्त्र पत्रकार, श्रमजीवि पत्रकारहरुलाई बढी महत्त्व दिने नीति अन्तर्गत जानु पर्छ र हाम्रो पार्टीले पनि त्यो खालको प्रयास गर्दै आइरहेको छ । खासगरी श्रमजीवि पत्रकारहरुको संरक्षणका कुराहरु, न्यूनतम पारिश्रमिकका कुराहरु, यस्ता कुरा हामी सरकारमा रहदाखेरी हामीले बनाउने कानूनका माध्यमबाट, ती चिजहरुलाई किन प्रवद्र्धन खोज्यौं भन्दा वास्तवमा त्यो पक्षलाई प्रर्वद्धन गर्दा समाजलाई हामीले चाहेको दिशातर्फ अगाडि बढ्न सक्छ भन्ने मान्यताका आधारमा, त्यो दृष्टिकोणका आधारमा खासगरी श्रमजीवि पत्रकारहरुलाई संरक्षण गर्ने कुराहरु, स्वतन्त्र पत्रकारितलाई संरक्षण गर्ने कुराहरु, अर्को भाषामा मिसन पत्रकारिता भन्ने गरिन्छ, यद्यपि आजभोलि मिसन पत्रकारितालाई नकारात्मक अर्थमा लिने गरिन्छ । तर वर्ग दृष्टिकोणका हिसाबले भन्नु हुन्छ भने समाजको पछाडि परेको तप्कालाई मूलधारमा ल्याउन गरिने प्रयासहरु प्रयासकै रुपमा बुझिन्छ ।
त्यसलाई मिसन पत्रकारिता भनिएको हो भने त्यो चाहिँ समाजमा रचनात्मक कुरा हो भन्ने अर्थमा लिनुपर्छ । त्यो चिजको भिन्नता स्वभाविक रुपमा पुँजीवादीहरु र समाजवादीहरुका बीचमा भिन्नताको रुपमा रहन्छ । अथवा अर्को अर्थमा भन्दा कांग्रेसले मिडियाप्रति निर्माण गर्ने दृष्टिकोण कतातिर छ र एमालेले निर्माण गर्ने दुष्टिकोणको भिन्नता त्यसरी छुटिन्छ ।
सञ्चार माध्यमलाई समाजको ऐना पनि भन्ने गरिन्छ । नेपाली सञ्चार माध्यमको आयम र प्रवृत्तिलाई एकजना पाठक/दर्शक/स्रोता भएर नेपाली सञ्चार माध्यमलाई हेर्दा कस्तो देख्नुहुन्छ ?
– नेपाली आमसञ्चार माध्यममा पछिल्लो समयमा म तीनवटा प्रवृत्तिहरु देख्छु– पहिलो प्रवृत्ति कर्पोरेट हाउसहरुको प्रभाव आमसञ्चार माध्यममा पर्दै गएको छ । उनीहरु मिडिया सञ्चालनका लागि विज्ञापनमुखि हुने । विज्ञापन बिना मिडिया चल्न पनि सक्दैनन् । तर विज्ञानपनमुखि हुने नाममा आफैँ सेन्सआउट हुने प्रक्रियाबाट गइराखेको अवस्था छ । सेल्फसेन्सर हुने खालको प्रवृत्ति छ र आफ्नो स्रोतसँग जोडिएका पक्षहरुका बारेमा सूचनाहरु लुकाउने तरिका पनि छ । दोस्रो प्रवृत्ति भनेको सूचनाहरुको सन्दर्भमा सौदावाजी गर्ने । सौदावाजी गरेर लाभ प्राप्त गर्ने खालको बढेको छ । ठूला मिडिया हाउसमा अझ ज्यादा छ । सूचनाहरु प्राप्त गर्ने संवेदनशील सूचनाहरु प्राप्त भएभने सम्प्रेषण नगरिकन त्यसबाट सौदावाजी गर्ने र त्यसबाट लाभ लिन खोज्ने खालका कुराहरु छन् । तेस्रो प्रवृक्ति स्वभाविक सूचनाहरुलाई सही रुपमा सम्प्रेषण गर्ने खालको प्रवृत्ति पनि छ । यो तीनवटा खालका प्रवृत्तिहरु छन् ।
स्वच्छनदतावादी प्रवृत्ति अथवा अराजकतावादी प्रवृत्ति पनि पछिल्लो समयमा बढ्दै गएको छ । खासगरी सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै पछिल्लो समय युट्युब लगायतका माध्यम सञ्चार माध्यमसँग जोडिन थालेपछि चर्चामा आउने र भिओरसिप् बढाउने नाममा अतिरञ्जनापूर्ण समाचारद्वारा पाठकहरुको ध्यान आकर्षित गर्ने खालका प्रवृत्तिहरु हावी हुन थालेका छन् । यो खालको स्थिति पनि बनेको छ ।
त्यसलाई बढी सेन्सटाइज गर्ने खालका कुराहरु पनि भएका छन् । अर्को गलत खालको मिसनमा प्रयोग गर्ने प्रवृत्ति पनि बढेको छ । फेक न्यूजहरुको श्रृंखला अगाडि बढेको छ । कुनै एउटा ठाउँबाट गलत सूचनाहरु तयार हुने र त्यो अनलाइन मिडियाबाट सम्प्रेषण हुने र त्यसलाई फलो गरिकन अन्य मिडियाहरुले चाहिँ प्रयोग गरिकन एकप्रकारले गलत सूचनाहरुलाई स्थापित गर्न खोज्ने, समाजमा भ्रम सिर्जना गर्न कोसिस गर्ने खालका प्रवृत्तिहरु छन् ।
समष्टिगत रुपमा नेपालकै सञ्चार माध्यमकै कुरा गर्दा जस्ताको तस्तै प्रस्तुत गर्न उ असफल छ, सफल भइराखेको छैन । त्यसमा आफ्नो वैचारिक आस्थाद्वारा त्यसलाई सम्पादन गर्ने खालका कुराहरु पनि भएका छन् । स्वार्थ आधारित भएर सम्प्रेषण गर्ने खालका कुराहरु पनि भएका छन् । कसरी पाठक र दर्शको संख्या बढाउने भन्ने अर्थमा त्यसलाई एकप्रकारले कलरिङ गर्ने खालका पनि भएका छन् । जसले गर्दा सूचना जस्ताको तस्तै आम पाठकका बीचमा पुग्ने कुराहरुमा समस्या हुने गरेको छ । हामीले आमसञ्चार माध्यममाथि जनताको भरोसा बढाउँदै जाने र त्यसलाई दीगो बनाउने, वास्तविक सूचनामा पहुँच कसरी स्थापित गर्न सकिन्छ भन्ने कुरामा सञ्चार माध्यमको ध्यान जान जरुरी छ ।
अर्कोतर्फ नेपालको सञ्चार क्षेत्रले ध्यान दिनुपर्ने विषय के हुन्छ भन्दा समयको परिवर्तनसँगै समाजका अपेक्षाहरु के छन् भन्ने कुराका आधारमा आमसञ्चार माध्यमले आफ्नो प्राथमिकताहरु परिवर्तन गर्नु पर्ने हुन्छ । त्यो प्राथमिकता परिवर्तन गर्न सकेको छैन । राजनीतिक क्रान्तिको युगमा स्वभाविक रुपमा राजनीतिक प्राथमिकतामा रहन्छ ।
राज्यविरुद्धको संघर्ष नै प्राथमिकतामा रहन्छ, अधिकार प्राप्तिका विषयहरु प्राथमिकतामा रहन्छन् । जतिबेला हामी राज्यका विरुद्ध विद्रोह, संघर्ष गरिराखेका हुन्छौं । जब राजनीतिक संघर्ष एउटा विन्दुमा गएर टुंगिन्छ, परिवर्तनको सफलतालाई हासिल गर्छ, त्यस पछाडि हाम्रो ध्यान कहाँ जानुपर्छ भन्दा बदलिएको उत्पादन सम्बन्धका आधारमा आर्थिक–सामाजिक विकास र रुपान्तरणतर्फ समाजलाई डो-याउनु पर्ने अवस्था हुन्छ । त्यस्तो कुरामा सञ्चार माध्यमको ध्यान आर्थिक–सामाजिक मुद्दाहरुमा केन्द्रित हुनुपर्छ ।
नेकपा (एमाले)ले भनेको छ, ‘राजनीति क्रान्ति पुरा भयो । अब समाजवाद पार्टीको रणनीतिक लक्ष्य हो । आज हामी समाजवादका आधार निर्माण गर्ने चरणमा छौं ।’ समाजवादको आधार निर्माणमा मिडियाको सहयोग अपेक्षित छ ? उसको भूमिका वा जिम्मेवारी कहाँनिर, कस्तो देख्नुहुन्छ ?
– मुख्य प्रश्न अहिलेको आवश्यकता भनेको बदलिएको उत्पादन सम्बन्ध, क्रान्ति पछाडि निर्माण भएको उत्पादन सम्बन्ध । जसलाई हामी क्रान्ति भन्छौं, क्रान्तिको मुख्य आधार भनेको उत्पादन सम्बन्धमा बदलाब हो । बदलिएको सम्बन्धलाई सुदृढ र सबल बनाउने सन्दर्भमा आर्थिक सामाजिक विकास मुख्य प्रश्न हो । त्यो प्रश्नमा नेपालको आमसञ्चार माध्यमको ध्यान जानुपर्ने । तर, अहिले कस्तो छ भने राजनीतिक कन्ट्रोभर्सन ज्यादा रुपमा रोमलिएको देखिन्छ । राजनीतिक दलहरु विवादमा परेभने उनीहरुको विषय चाहिँ खोजीको विषय बन्ने । तर, आर्थिक सामाजिक प्रश्नहरुमा, समाज रुपान्तरणका प्रश्नहरुमा, सामाजिक न्याय र विभेदका प्रश्नहरुमा जसरी आफुलाई केन्द्रित गर्नु पर्ने हो, त्यो गर्न नसकेको देखिन्छ । त्यसले गर्दा आवश्यकता के कुरामा छ भन्दा अबको सञ्चार माध्यमले आफूलाई राष्ट्र निर्माणको प्रश्नमा जसरी हामी ‘समृद्ध नेपाल सुखी नेपाली’ भनेर एउटा राष्ट्रिय आकांक्षाका रुपमा विकास निर्माणको कामलाई केन्द्रित गर्न खोजेका छौं । त्यो विषयलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्ने, राजनीतिक दलहरुलाई विकास र समृद्धिका मुद्दाहरुको बहसमा केन्द्रित गर्ने, राजनीतिक दलहरुका बीचमा प्रतिस्पर्धा विकास र समृद्धिका प्रश्नमा केन्द्रित गर्ने, आर्थिक सामाजिक विकासका प्रश्नमा केन्द्रित गर्ने र उनीहरु सफल कि असफल भन्ने कुरा उत्पादक शक्तिको विकासमा उनीहरु कत्तिको योगदान गर्न सके भन्ने कुराका आधारमा राजनीतिक दलहरुको सफलताको मूल्याङ्कन गर्ने खालको परिपाटी विकसित हुन सकेको छैन । तसर्थ पहिलो कुरा म के ठान्छु भने, आमसञ्चार माध्यमले परिवर्तन पछाडि खासगरी हामीले संविधानसभाबाट नयाँ संविधान बनाइसकेपछि, त्यो नयाँ संविधानले प्रत्याभुत गरेका अधिकारहरुलाई स्थापित गरेका सन्दर्भका बारेमा राज्यको भूमिकालाई कसरी प्रर्वद्धर्ने भन्ने खालको कुरामा केन्द्रित हुनुपर्छ । जस्तो मौलिक अधिकारको हिसाबमा हामीले अत्यन्त समृद्ध संविधान निर्माण गरेका छौं ।
राज्यका निर्देशक सिद्धान्तका दृष्टिकोणले भन्ने हो भने हाम्रो संविधान अग्रगामी संविधानका रुपमा रहेको छ तर अधिकारले सम्पन्न, अग्रगामी दृष्टिकोण बोकेको संविधानद्वारा जनता लाभान्वित हुने विधि भनेको त राज्य प्रणालीका माध्यमबाट हो, राज्य व्यवस्थाका माध्यमबाट हो । उनीहरुद्वारा गर्ने कामबाट एउटा बलियो राज्य निर्माण गर्न सकिएन भने, आर्थिक सामाजिक हिसाबले सबल राज्य निर्माण गर्न सकिएन भने उसले जनतालाई मौलिक अधिकारको प्रत्याभूति पनि गर्न सक्दैन र राज्यका निर्देशक सिद्धान्तका रुपमा जे कुराको अपेक्षा गरिएको छ, त्यो दिशातर्फ समाजलाई डो¥याउन पनि सक्दैन । तसर्थ, अहिलेको अवस्थामा हामीले परिवर्तित अवस्थामा निर्माण भएको उत्पादक सम्बन्धलाई सबल र सुदृढ गर्ने कुरामा ध्यान दिनुपर्छ । त्यो भनेको मूलतः आर्थिक सामाजिक रुपान्तरण र विकासका मुद्दामा समाजलाई डोहो¥याउने कुरामा आमसञ्चार माध्यमले आपूmलाई केन्द्रित गर्नुपर्छ । जहाँसम्म समाजवादको आधार तयार गर्ने विषय छ, त्यो फेरि अलिक फरक विषय हो । अहिलेको उत्पादक सम्बन्ध सबल र सुदृढ हुने बित्तिकै समाजवादको आधार तयार हुन्छ भन्ने खालको कुरा होइन । त्यसको जगमा समाजवादको आधार तयार गर्ने हो । समाजवादको आधार तयार गर्ने सन्दर्भमा हाम्रो फोकस केमा रहन्छ भन्दा उत्पादक शक्तिको विकास गर्ने कुरामा रहन्छ ।
उत्पादक शक्तिको विकास भनेको मूलतः नागरिकहरुको विकासको कुरा हो । नागरिक सामथ्र्यको निर्माणको कुरा हो । त्यसका लागि हामीले गर्नुपर्ने केही कामहरु हुन्छन्, जो आधारभुत काम भन्ने गरिन्छ । जसले उत्पादक शक्तिको विकासमा योगदान पु¥याउँछ । ती कामहरु मध्येको सबैभन्दा पहिलो काम भनेको शिक्षाका माध्यमबाट नागरिक सचेतनतामा वृद्धि गर्ने कुरा हो । हरेक नागरिकका लागि आधारभुत शिक्षाको हकको प्रत्याभूति गर्ने कुरा । कोही पनि बालबालिका विद्यालयभन्दा बाहिर नहोउन् । सबैले आफ्नो चेतनाको धरातलाई समृद्ध बनाउन सकून् । सचेत मान्छेले नै उत्पादनमा प्रभावकारी भूमिका खेल्न सक्छ । अदक्ष मान्छेहरुले उत्पादनको भूमिकामा प्रभावकारी भूमिका खेल्न सक्दैनन् । तसर्थ, हामी हरेक नागरिकलाई दक्ष श्रमजीविका रुपमा विकास गर्नका लागि उसलाई आधारभुत शिक्षा प्रदान गर्नुपर्छ ।
दोस्रो कुरा नागरिक सबल हुने कुरा, उत्पादक शक्ति सबल हुने कुरा, दोस्रो सम्बन्धित कुरा के हो भन्दा उसको शारीरिक अवस्था स्वच्छ हुनुपर्छ । शारीरिक अवस्था स्वच्छ राख्नका लागि दुईवटा कुराको आवश्यकता पर्छ । एउटा खेल क्रियाकलापहरु पर्याप्त मात्रमा भएको समाजको निर्माण हुनुपर्छ । हाम्रा विद्यालयहरुमा बालबालिकाहरुले पर्याप्त खेल खेल्ने मौका प्राप्त गर्नुपर्छ । त्यसप्रकारका पूर्वाधारहरु बन्नु पर्छ । दोस्रो स्वस्थ्य पूर्वाधार पर्याप्त हुनुपर्छ ताकी मान्छे बिरामी हुँदा समयमै उपचार गर्न सक्ने अवस्थाको निर्माण गर्नुपर्छ । त्यसो भयो भने नागरिकहरु स्वस्थ्य हुन्छन् र उनीहरु उत्पादन प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्छन् । तेस्रो कुरा प्रविधिको विकासको कुरा हो । किनभने आजको दुनियाँ उत्पादनमा प्रविधिको प्रयोगको दुनियाँ हो । जब नागरिकहरुले प्रविधि ज्ञान हासिल गर्न सक्दैनन्, उनीहरु उत्पादनका महत्वपूर्ण अंग बन्न सक्दैनन् । तसर्थ अब हामीले नागरिकहरुलाई गर्ने महत्वपूर्ण काम भनेको नयाँनयाँ प्रविधिप्रति उनीहरुलाई परिचित गराउने । प्रविधिको प्रयोग गर्न सक्ने उनीहरुको सामथ्र्य निर्माण गर्ने ।
त्यसका लागि स्वभाविक रुपमा प्राविधिक विद्यालयहरु र प्राविधिक तालिम केन्द्रहरुको निर्माण गर्ने खालको दिशाबाट हामी उत्पादक शक्तिको विकास गर्न सक्छौं । हरेक नागरिकले श्रमजीविको रुपमा सेवा आरम्भ गर्छ र अन्त्यमा उ रोजगारा दाताका रुपमा आपूmले उसलाई व्यवस्थापकका रुपमा भूमिकामा पु¥याउने ढाँचामा लानुपर्छ । श्रमजीवि सधैँका लागि श्रमजीवि भन्ने खालको नीति उपर्युत होइन । एउटा श्रमजीवि श्रमजीविका रुपमा काम थाल्छ, उसले हासिल गरेको पेशागत दक्षताद्वारा, व्यवस्थापकीय कलाद्वारा उसले आपूmलाई अन्त्यमा फेरि व्यवस्थापकको रुपमा, रोजगारा दाताको रुपमा आपूmलाई विकसित गर्छ भन्ने मान्यताका आधारमा हामीले समाजलाई डो¥याउन सक्यौं भने, त्यो समाज बल्ल समृद्ध समाज हुन्छ । नत्र एकथरी रोजगार दाता हुने, अर्काथरी जिवनभरी श्रमिक भइरहने भन्ने खालका कुराहरु अविकसित समाज हो । हेर्दा त्यो समाज धनी हुनसक्छ तर सामाजिक रुपमा भन्ने हो भने त्यो विभेदपूर्ण समाज रहन्छ र समतामूलक समाजको कुरा गर्दा हरेक व्यक्ति श्रमजीविका रुपमा राष्ट्रनिर्माणमा जुट्छ ।
अन्त्यमा उ रोजगारदाताका रुपमा, व्यवस्थापकका भूमिकाको रुपमा विकसित हुनसक्छ भन्ने कुराको आधार तयार गर्न सक्नु पर्छ । त्यसका लागि राज्यले औसत साधनहरुको उपलब्धता गर्ने खालको आधार राज्यभित्र निर्माण हुनुपर्छ । त्यसो भयो भने स्वभाविक रुपमा समाजवादको आधार तयार हुन्छ ।
यो खालको प्रक्रियामा नागरिकहरुलाई कसरी सक्षम बनाउने भन्ने प्रक्रियामा राज्यले प्रभावकारी भूमिका खेल्न सकेको छ कि छैन भन्ने कुराको बारेमा वाचडगको रुपमा भूमिका निर्वाह गर्ने र त्यो दिशातर्फ राज्य र राजनीतिलाई निर्देशित हुनका लागि घच्घच्याउने खालको कुरा सञ्चार माध्यमले गर्न सक्यो भने स्वभाविक रुपमा हामी समाज रुपान्तरणको प्रक्रियामा र समाज विकासको प्रक्रियामा प्रभावकारी भूमिका खेल्न सक्छौं ।
हामी कहाँ दलाल पुँजीपतीहरुले मिडियाको बढी प्रयोग वा दुरुपयोग गरेको देखिन्छ । मिडिया प्रयोग मार्फत दलाल पुँजीपतीहरुले राष्ट्रिय पुँजीपतीहरुलाई ह्यारेस्मेन्ट गर्ने, मनोबल घटाउने र उनीहरुको समाजमा गलत बिम्ब निर्माण गरीदिने काम गरेको देखिन्छ । मिडियाको प्रयोग मार्फत दलाल पुँजीपतीहरुले राष्ट्रिय पुँजीपतिहरुको गलत बिम्ब बनाएर आम मान्छेको ‘माइन्ड फ्रेमिङ’ गरीदिने गरेको तथ्य भेटिन्छ । अर्थात् दलाल पुँजीपतीहरु ठीक, राष्ट्रिय पँुजीको विकासमा लागेको चाहिँ बेठीक भन्ने मानक जबरजस्त स्थापित भइरहेको देखिन्छ । यसले त समाजवादको यात्रामा असर गर्छ होइन ? यस प्रकारका अवरोधहरुलाई हामीले कसरी पन्छयाउने ?
– राष्ट्रिय पुँजी निर्माणका सन्दर्भमा समाज विकासका सन्दर्भमा बाधकहरु के हुन्छन् भन्ने कुरामा ध्यान दिन सक्नु पर्छ । किनकी अगाडि बढ्ने कुरामा हरेक सन्दर्भमा बाधाव्यवधानहरु रहन्छन् नै । अहिले हाम्रो विकासको सन्दर्भमा दुई प्रकारका बाधाहरु छन् । एउटा परम्परागत उत्पादन सम्बन्ध, जो पछौटे उत्पादन पद्धति भनौं, जसलाई निर्वाहमुखी उत्पादन पद्धति, गुजारामुखी उत्पादन पद्धति भन्ने गर्छौं । त्यसको मूल चरित्र के हो भने प्रगतिका लागि ऊ साधक हुँदैन । जे छ, त्यही कुरामा रमाएर बस्न चाहन्छ । त्यसले प्रगतिलाई रोक्छ । तसर्थ, हामी हाम्रो समाजलाई तीब्र गतिमा विकास गर्न चाहन्छौं भने हाम्रो गुजारामुखी, निर्वाहमुखी जस्तो प्रकारको उत्पादन सम्बन्ध छ, त्यो सम्बन्धमा बदलाब ल्याउनु पर्छ । हामी कहाँ दुईवटा प्रवृत्ति देखिन्छ । जनसंख्याको ठूलो हिंसा अहिले पनि परम्परागत कृषि प्रणालीमा छ ।
जसलाई आधुनिकीकरण नगरिकन र त्यहाँ रहेको ठूलो जनशक्तिलाई कृषिबाट बाहिर ननिकालिकन हाम्रो देश बन्न सक्दैन । हाम्रो देश बनाउने हो भने कृषिमा रहेको ठूलो हिस्सालाई गैरकृषि क्षेत्रतर्फ बदल्नु जरुरी छ । त्यसका लागि मैले अघि चर्चा गरेका पाँचवटा आधारहरु बदलिने आधार तयार हुन्छ । त्यो राज्यको दायित्व, कर्तव्यका रुपमा रहन्छ । दोस्रो पक्ष स्वभाविक रुपमा दलाल नोकरशाही पुँजीवाद राष्ट्रिय पुँजी विकासको सन्दर्भमा बाधकको रुपमा, चुनौतीका रुपमा रहन्छ । पछिल्लो समय हेर्नुभयो भने नेकपा एमाले नेतृत्वमा रहँदा खेरी र यो पाँच दलीय गठबन्धन सरकारमा आइसके पछि दलालमा बसेका पुँजीवादलाई प्रर्वद्धर्ने कुरामा को ज्यादा लाग्यो भन्ने कुराको तथ्याङ्क हेर्ने हो भने दुईवटा कुराको तथ्याङ्क देखिन्छ ।
नेकपा एमाले सरकारमा रहँदा विदेशमा जाने युवाहरुको संख्या घट्दो थियो तर विप्रेसन बढिराखेको थियो । पछिल्लो समय बाहिर जाने युवाहरुको संख्या बढिराखेको छ र विप्रेसन घटिराखेको छ । यसको अन्तर्य के हो भन्ने सन्दर्भमा बाहिरबाट आउने पैसा बैंकिङ माध्यमबाट नआएर हुण्डीको प्रक्रियाद्वारा, अरु अनाधिकृत तरिकाद्वारा अर्को प्रकारले भन्ने हो भने कालोबजारीमा प्रयोग भएको पैसाका कारणले गर्दा वैध माध्यमबाट विप्रेसन आउन छोडेको छ । अर्थात्, यो अहिलेको परमादेशी सरकार पाँच दलीय गठबन्धनको सरकार कुन दिशातर्फ लागेको रहेछभन्दा कालो बजारीलाई प्रर्वद्धन गर्न लागेको रहेछ । हुण्डी कारोबार किन प्रोत्साहित हुन्छ भन्दा उनीहरुले भन्सार छलीका माध्यमबाट विदेशी सामानहरु नेपाली बजारमा भित्र्याउने कुराहरुमा लगानी गरिराखेका छन् भन्ने कुरामा यसले पुष्टी गर्छ । यसको अर्को उदाहरणका निम्ति के देखिन्छ भने नेकपा एमाले सरकारमा रहेका पालामा एउटा सकारात्मक टे«न देखा परेको थियो ।
त्यो भनेको आयात घट्दो क्रममा थियो, निर्यात बढ्दो क्रममा थियो । पछिल्लो ६ महिना नयाँ सरकार बनिसकेपछिको टे«न हेर्नुभयो भने आयात ह्वात्तै बढेको छ, निर्यात घटेको छ । आयात बढ्नु अर्थ के हो भन्दा नेपालका उद्योगधन्दाहरुलाई त्यसले प्रभाव पार्नु हो । यहाँ जे उत्पादन हुन्छ, त्यो बाहिरबाट ल्याएर बजारीकरण गर्न थालेछन् भन्ने कुरा बुझ्नु पर्यो । यहाँको उत्पादनको विक्रीबाट हुने नाफा, व्यापारबाट हुने नाफा जब बढ्न थाल्छ, त्यसले के गर्छ भन्दा स्वभाविक रुपमा हाम्रो आन्तरिक उत्पादनलाई कमजोर बनाइदिन्छ । हामी एकप्रकारले विदेशी उत्पादकहरुका उपभोगकर्ताका रुपमा हुन्छौं । हाम्रो तरिका के हुन्छ, कमाउने विदेश गएर, उपभोग गर्ने विदेशी सामान भनेपछि हाम्रो मुलुकको अर्थतन्त्र त ठप्प भएर जान्छ । यो खालको प्रवृत्तिलाई प्रोत्साहित गर्ने खालको काम कसले गर्यो भन्दा दलाल नोकारशाहहरुले गर्छन । दलाल नोकरशाहहरुको बढी ध्यान के मा हुन्छ भन्दा छिटो कमाउनेमा हुन्छ । छिटो कमाउने गर्दा उनीहरुले तस्करी, कालोबजारीलाई प्रोत्साहित गर्ने गर्छन, अर्कोतर्फ उनीहरुले आन्तरिक उत्पादनमा भन्दा बढी व्यापारमा जोड दिने गर्छन । त्यसै अनुसारका नीतिहरु निर्माण गर्ने कुरामा जोड दिन्छन् । अहिलेको हाम्रो भन्सार नीति हेर्नुभयो भने, त्यसका प्रभावहरु पर्याप्त मात्रामा देखिन्छ । मुल विजक ढाँचाबाट जाने खालको नीति बनाइएको छ । जसले गर्दा बाहिरबाट आउने सामानहरुको राजश्व कम प्राप्त हुन्छ । तर बजारमा त्यो बढी मूल्यमा विक्री हुन्छ । त्यसो हुँदा मुनाफाको दर ज्यादा हुन्छ । नेपालमा उत्पादन हुनेमा उनीहरु प्रत्यक्ष रुपमा अन्तःशुल्कको प्रक्रियाद्वारा रिलभ्यालुमा मूल्याङ्कन गर्ने गरिन्छ र त्यसका आधारमा बजारमा जाने गर्छ ।
त्यो चिजले हाम्रो मुलुकमा आन्तरिक उत्पादन सदैव दुरुत्साहित भइराखेको छ र बाह्य उत्पादनको प्रर्वद्धनभइराखेको छ । यो ढाँचाबाट हामीले नेपालको उत्पादन प्रक्रियामा भएका बाधाका रुपमा देख्न सक्छौं । अर्को आमसञ्चार माध्यमा हुने विज्ञापनको प्रभाहलाई हेर्नुभयो भने के देखिन्छ भने बढी मल्टिनेशनलका उत्पादनहरुलाई बजारीकरण गर्ने कुराहरुमा बढी पैसा खर्च भइराखेको र त्यो चिज हाम्रा सञ्चार माध्यममा बढी प्रयोग भइराखेको देखिन्छ । हाम्रो देशको घरेलु उत्पादनमा आधारित विज्ञापन कम छ । त्यसलाई हामी कम महत्त्व दिइराखेका छौं । राष्ट्रनिर्माणका सन्दर्भमा जहाँबाट बढी पैसा आउँछ, त्यसलाई बढी महत्त्व दिने भन्ने खालको नीति, एउटै प्रकारको नीति हाम्रो सञ्चार माध्यमले बनाइराखेको छ । हुनुपर्दथ्यो के भन्दा नेपालको घरेलु उत्पादनका सन्दर्भमा विज्ञापन दर चाहिँ न्यून बनाउने, मल्टिनेशनल उत्पादनको विज्ञापन दर उच्च बनाउने खालको नीति अबलम्बन गर्दा स्वभाविक रुपमा एउटा सकारात्मक प्रभाव पर्दथ्यो । तर हाम्रा सञ्चार माध्यमले बनाउने नीतिभित्र एकै खालको छ । उनीहरुले आन्तरिक उत्पादनलाई प्रर्वद्धनगर्ने कुरामा कुनै विशेष नीति बनाएका छैनन् ।
त्यसकारण सञ्चार माध्यमले राष्ट्र निर्माणका लागि योगदान गर्ने हो भने विज्ञापन नीतिका माध्यमबाट पनि योगदान गर्न सक्छन् । के गर्न सक्छन् भने आन्तरिक उत्पादनका निम्ति प्रर्वद्धनगर्ने विज्ञापन दररेट कम गर्दिने र मल्टिनेशनलका उत्पादनको बजारीकरणको दररेट उच्च गर्दिने । त्यसो हुने बित्तिकै के हुन्थ्यो भने स्वभाविक रुपमा घरेलु वस्तुहरुको प्रर्वद्धनज्यादा हुन्थ्यो । आन्तरिक उत्पादन वस्तुहरुको प्रर्वद्धनज्यादा हुन्थ्यो, त्यसले राष्ट्र निर्माणमा सकारात्मक योगदान गर्न सक्थ्यो । तसर्थ, हामीले सञ्चार माध्यममार्फत राष्ट्र निर्माणमा योगदान गर्ने विभिन्न श्रृंखलाहरु छन् । चेतनाका माध्यमबाट पनि गर्न सक्छौं, गलत नीतिहरुका विरुद्धको खबरदारीका माध्यमबाट राष्ट्र निर्माणमा योगदान गर्न सक्छौं ।
अर्कोतर्फ राष्ट्रिय उत्पादनलाई प्रर्वद्धनगर्ने हिसाबले विज्ञापन नीतिहरुमा सकारात्मक दृष्टिकोण राखेर पनि गर्न सक्छौं । एक प्रकारको गलत कामको नियन्त्रण गर्नका लागि नियामक विज्ञापन नीतिलाई हामीले प्रभावित गर्न पनि सक्छौं । यस्ता तरिकाहरु छन्, जुन तरिकाहरुमा नेपालको सञ्चार माध्यम खासगरी सञ्चार गृहहरुले ध्यान दिन सकेका छैनन् । यसले पनि के देखिन्छभन्दा हाम्रा सञ्चार गृह पनि एक प्रकारले भन्ने हो भने विदेशी व्यापारको प्रवद्र्धक जस्ता बनेका छन् । त्यसलाई आन्तरिक उत्पादकको प्रवद्र्धककर्ताका रुपमा रुपान्तरित गर्नु जरुरी हुन्छ ।
आमसञ्चार माध्यममा विदेशी लगानी बारेमा के भन्नुहुन्छ ?
हाम्रो राष्ट्रिय नीतिले त्यो गलत हो भन्ने नै छ । परोक्ष रुपमा लगानी भइराखेको सुनिन्छ । त्यो चिजलाई नियमन गरिनु पर्छ । अर्कोतर्फ त्यो विज्ञापन नीतिका माध्यममार्फत पनि त्यसलाई प्रभावित त गरिराखेका छन् उनीहरुले । मल्टिनेशनलहरुले नियमित रुपमा विज्ञापन दिने खालको तरिकाद्वारा सञ्चार गृहलाई प्रभावित गरिराखेका छन् । विज्ञापन बिना सञ्चार गृह चल्न नसक्ने कारणले गर्दा मल्टिनेशनलको विज्ञापनमा भर पर्नु पर्ने खालको स्थिति भएको छ । राष्ट्रिय उत्पादन आधार विज्ञापन प्रर्वद्धन गर्न सकिएको छैन । भविष्यमा जति धेरै आन्तरिक उत्पादन बढ्दै जान्छ र त्यसको बजारीकरणको प्रक्रिया बढ्दै गयो भने हाम्रो राष्ट्रिय सामथ्र्य विकसित हुन्छ । सञ्चार माध्यम आफ्नै घरेलु उत्पादनमा आधारित भएर उनीहरु टिक्न सक्छन् । मल्टिनेशनलहरुको भर पर्नु पर्दैन । त्यो खालको स्थिति बनाउने सन्दर्भमा सबैको फोकस हुनुपर्ने के जरुरी छ भन्दा आन्तरिक उत्पादनको जोड दिने नीति बनाइयो भने सञ्चार गृहका लागि पनि भविष्यको आधार भनेको त आन्तरिक उत्पादन नै हो । त्यो चिज नहुँदा उनीहरु परोक्ष रुपमा भएपनि विदेशी लगानीबाट प्रभावित भइराखेको अवस्था छ । त्यो चिजलाई बदल्न सकिएन भने के हुन्छभन्दा राष्ट्र निर्माणका बाधाका रुपमा सञ्चार माध्यमहरु पनि देखा पर्छन । राष्ट्र निर्माणका बाधाहरु भनेको त्यसका छायाँहरु, जसलाई तपाईं दलाल नोकरशाही पुँजीवादका प्रभावहरु भन्नु हुन्छ । त्यो राजनीतिमा पनि देखा पर्छ, सञ्चार क्षेत्रमा पनि देखा पर्छ, कर्मचारीतन्त्रमा पनि देखा पर्छ र व्यापार व्यवसायमा पनि देखा पर्न सक्छ । त्यो चिजलाई रोक्ने उपाय के हो त भन्दा हामीले हाम्रो आन्तरिक उत्पादनको क्षमतालाई वृद्धि गर्ने कुरा, त्यसको माध्यमबाट बजारीकरणको सामथ्र्यको वृद्धि गर्ने कुरा, आन्तरिक उत्पादनमा आधारित विज्ञापन बजारलाई ठूलो बनाउने कुरामा पुग्न सक्यौं भने स्वतः मिडियामा बाह्य लगानी घटेर जान्छ भन्ने मलाई लाग्छ ।
नेकपा (एमाले) नेताहरुले हमेसा अलिकति नेपाली मूलधारका सञ्चार माध्यमहरुप्रति गुनासो गरेको जस्तो सुनिन्छ । नेपालका मूलधारका आमसञ्चार माध्यमहरु निष्पक्ष हुन सकेनन् भन्ने तपाईँहरुको निष्कर्ष हो ?
- निश्चित रुपमा यहाँ कस्तो छ भन्दा दलाल नोकरशाही पुँजीवादको प्रभाव भन्ने गर्नुहुन्छ, त्यो बडा विचित्र लाग्ने गर्छ मलाई । अहिले सञ्चार माध्यममा नियन्त्रण कसको छ भन्दा न नेकपा एमालेको नियन्त्रण देखिन्छ, न नेपाली कांग्रेसको नियन्त्रण देखिन्छ । सञ्चार माध्यममा नियन्त्रण र प्रभाव कसको छ भन्दा माओवादी केन्द्रको छ । माओवादी केन्द्रको नियन्त्रण र प्रभाव हुनुपर्ने कारण त केही पनि छैन ? त्यहाँ अदृश्य पैसाहरुको प्रयोग भएको छ । अदृश्य पैसाहरुको प्रयोगबाट मिडियाहरु प्रभावित छन् । त्यो चिजको प्रभाव नेपालका सञ्चार माध्यममा परेको छ, जसलाई तपाईं मूलधार भन्नु हुन्छ, त्यो साँच्चै समाजको मूलधार हो कि लगानीकर्ताहरुको मूलधार हो ? लगानीकर्ताहरुको मूलधार हो ।
समाजको मूलधार भए त त्यो राष्ट्रिय शक्तिको नजिक देखिनु पर्दथ्यो, त्यो एमालेको नजिक देखिनु पर्दथ्यो, त्यो नेपाली कांग्रेसको नजिक देखिनु पर्दथ्यो । समाजलाई प्रतिनिधित्व गर्ने मुख्य पार्टी त यिनै हुन् । यी पार्टीको नजिक सञ्चार माध्यम छैनन् । कसको नजिक छन् भन्दा सबैभन्दा धेरै माओवादी पार्टीको नजिक छन् ।
ऐजेण्डा सेटिङमा माओवादी केन्द्रका नेताहरु बढी प्रभावकारी छन् । सबैभन्दा बढी सक्रिय नेकपा माओवादी केन्द्र छ भन्ने कुराको पुष्ट्याइँ हो । किनभने हामीले आम सञ्चार माध्यमलाई अध्ययन गर्दाखेरी उनीहरुका ऐजेण्डा बढी सञ्चार माध्यममा किन हावी हुन्छन् भन्दा समाजमा उनीहरु कमजोर छन् । तर सञ्चार माध्यममा उनीहरु किन हावी छन् भन्दा त्यहाँ अदृश्य पैसाको प्रयोग भएको छ भन्ने कुरा त्यसले पुष्टी गर्छ । यस्ता कुराहरु पनि बाहिर आउन सकेका छैनन् । आउन जरुरी छ भन्ने मलाई लाग्छ ।
अमेरिकी चिन्तक नोम चोम्स्कीले इराकमाथि अमेरिकाले आक्रमर्ण गर्न अघि भनेका थिए, ‘अब अमेरिकाले इराकमाथि गर्नेछ । अमेरिकीहरुले अस्पतालमा बच्च जन्माइरहेका सैयौं आमाहरुको हत्या गर्नेछ । हजारौं साना नानीहरुको घाटी रेटेर हत्या गर्नेछ । बृद्धबृद्धाहरुको छातीमा संगीनले घोचेर मार्नेछ । तर दुनियाँले उनीहरुलाई मान्छे होइन आतंककारी देख्नेछ । किनभने दुनियाँका कर्पोरेट मिडियाहरुले उनीहरुलाई आतंककारी रुपमा माइन्ड फे्रेमिङ्ग गरीदिएको छ ।’ ठिक त्यसैगरी नेपालमा पनि एमालेले उठाएका अजेन्डाहरुको भ्रमपूर्ण प्रचार गरेको देखिन्छ । अर्थात् एमालेले जे गरे नी खराब भन्ने मान्यता स्थापित गर्नमा सञ्चार माध्यम लागेको भन्ने लाग्दैंन ?
- अमेरिका पुँजीवादको केन्द्र हो । त्यस अर्थमा अमेरिकाले कर्पोरेट हाउसहरुलाई प्रभावित गर्नु, मिडियालाई प्रभावित गर्नुका पछाडि स्वभाविक रुपमा पुँजीवादको विकृत प्रयोगमा उ सफल छ । नोम्स चमस्कीको विश्लेषण तपाईंले सुनाउनु भयो इराकका सन्दर्भमा त्यो सही हो । किनभने एक प्रकारले विश्वशक्तिका रुपमा राष्ट्रले आफ्नो सामथ्र्यलाई प्रयोग गरेर आफ्नो जनमत निर्माण गर्ने काम गर्यो । त्यो हामीले बुझ्न सकिने कुरा हो । तर नेपालको सन्दर्भमा फरक दृश्य छ । नेकपा माओवादी केन्द्रले न जनमतका हिसाबले, न शक्तिका हिसाबले, मुख्य शक्ति त होइन नि ? तर मिडिया उसको नियन्त्रण कसरी भयो ? अघि तपाईंले चर्चा गरेको दलाल नोकरशाही पुँजीवाद, जो नेपाली समाजलाई नियन्त्रण गर्न खोज्छ । त्यो नियन्त्रण गर्न खोज्ने तप्काका लागि सबैभन्दा सहयोगी पार्टीजस्तो बन्न पुग्यो । हेर्दाखेरी उ सबैभन्दा क्रान्तिकारी देखिन्छ । तर सबैभन्दा सजिलै उपयोग हुने पार्टीका रुपमा त्यो दलाल नोकरशाही पुँजीवादीहरुले महसुश गरेर त्यस हिसाबले हेर्दा उनीहरुसँगको सम्बन्ध सबैभन्दा नजिकको सम्बन्ध बन्न पुग्यो ।
आज सञ्चार माध्यममा कांग्रेसको इच्छाका आधारमाभन्दा माओवादी केन्द्रको इच्छाका आधारमा विषयहरु आउँछन् । जबकी नेकपा एमाले सबैभन्दा ठूलो पार्टी हो । उसका विपक्षमा धेरै कुरा लेखिन्छन् । तर माओवादीका हकमा कुराकानी गर्दा माओवादीले चाहेको ऐजेण्डा सेटिङ अन्तर्गतका कुराहरु बढी सम्प्रेषित भइराखेका छन् । खासगरी ठूला सञ्चार गृहको कुरा गर्दा त्यो प्रवृत्ति छ । बेलाबखत हामीले आलोचना गर्न खोजेको विषय त्यही नै हो । त्यो प्रवृत्ति चाहिँ राष्ट्रको प्रतिनिधिमूलक प्रवृत्ति होइन, तर पनि हाम्रोमा यस्ता अपवादका रुपमा यस्ता प्रवृत्ति देखा परेका छन् । जुन कुरा अदृश्य स्वार्थद्वारा प्रभावित छन्, अदृश्य पैसाको प्रयोग भइराखेको छ । त्यो चिज नेपाली सञ्चार माध्यमले बाहिर ल्याउन पनि सकेको छैन र आफैँ त्यसैबाट प्रभावित भइराखेको छ ।
आमसञ्चार माध्यम आफैँमा एउटा उद्योग हो । यसको उत्पादन सम्बन्ध, यसको वितरण प्रणाली आफ्नै छ । खासगरी तपाईंहरुलाई यस्तो लाग्दैन कि तपाईंहरुको प्रचार संयन्त्र मोर्चा सम्हाल्ने पार्टीको नेताहरुको मिडियासँग जोडिएको अर्थराजनीति नबुझेर अथवा त्यसको समन्वय, सम्पर्क, सहकार्यको हिसाबले अलिकति नेकपा एमालेले त्यो गहिराइका साथ, त्यो आयतनका साथ काम गर्न नसकेको जस्तो कहिले काही तपाईंलाई लाग्दैन ?
- निश्चित रुपमा केही न केही कमजोरी छ भन्ने कुरा सत्य कुरा पनि हो । मूलतः श्रमजीवि वर्गको संगठन गर्न हामीले प्रेसलाई संगठित गर्ने गरेका छौं । प्रेस चौतारी नेपालका श्रमजीवि वर्गहरुको संगठनका रुपमा रहेको छ । त्यसले आपूmलाई जति सक्षम बनाउन सक्छ, जति आत्मविश्वास पैदा गर्न सक्छ । त्यति नै सञ्चार क्षेत्रमा भइरहेका विकृतिहरुमा सुधार आउने हो । तसर्थ हामीले श्रमजीवि पत्रकारलाई संगठित गर्ने संगठन त दिएका छौं । तर उनीहरुको प्रभावकारी भूमिकाका सन्दर्भमा दिशानिर्देश गर्न सफल भएका छैनौं । एउटा पक्ष त्यो नै हो । संगठन दियौं तर संगठनले गर्नु पर्ने काम दिन सकेका छैनौं र कामका हिसाबले भन्ने हो भने उनीहरु व्यक्तिगत जस्ता भएका छन् ।
आफ्नो सञ्चार गृहको पोलिसिभित्र काम गर्ने जस्ता भएका छन् । संगठनको आफ्नो उद्देश्य अन्तर्गत, राजनीतिको एउटा दिशानिर्देश अन्तर्गत, राष्ट्रिय आवश्यकता अन्तर्गत सामुहिक रुपमा परिचालन गर्ने सामथ्र्य त्यस प्रकारका श्रमजीवि संगठनको निर्माण गर्न सकेका छैनन् । प्रेस चौतारी मात्रै होइन, प्रेस चौतारी बाहेक संगठनहरुले पनि जसले श्रमजीवि पत्रकारहरुलाई संगठित गर्छन, श्रमजीवि पत्रकारको सामथ्र्य निर्माण गर्ने कुरा र उनीहरुको सुरक्षा संरक्षणद्वारा उनीहरुको वास्तविक आवाज प्रकट गर्ने सामथ्र्य निर्माण भइसकेको छैन ।
त्यो कारणले पनि समस्या उत्पन्न भएको छ । त्यो भएर मान्छेले के भन्छन् भन्दा राजनीतिक पार्टीको अलग मिडिया हाउस हुनुपर्छ भन्ने माग गर्छन । त्यो पनि उपयुक्त तरिका होइन । हुनुपर्ने के हो भन्दा सञ्चार माध्यमभित्र श्रमजीवि पत्रकारहरुको भूमिका प्रभावकारी बनाउने तरिका नै उचित कुरा हो र उनीहरुलाई संगठित रुपमा आफ्नो स्वतन्त्रताको सामथ्र्य निर्माण गर्न सक्ने मुख्य कुरा हो ।
प्रस्तुती : राजेश राई