ज्ञानेन्द्र शाहले ‘सफ्ट कु’ को प्रयास गरे : सांसद पन्त


१९:०८ बजे

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्ना समर्थकलाई सडक प्रदर्शनमा लगाएर पूर्वराजा ज्ञानेन्द्र शाहले चैत १५ मा ‘सफ्ट कु’ को प्रयास गरेको बताएका छन् ।

राप्रपाले संवैधानिक प्रक्रियाबाट आफूलाई राजगद्दीमा फर्काउने आश मारेपछि पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईलाई उक्साएर मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र नारायणहिटी दरबार कब्जा गर्न खोजेको पन्तको भनाइ थियो ।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा सांसद पन्तले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए । पूर्वराजाले पनि राजाकै हैसियतमा विज्ञप्ति निकाल्ने लगायतका काम गर्दा पनि सरकारले नियन्त्रण किन नगरेको भनी उनले प्रश्न गरेका थिए ।

‘गणतन्त्र भएको मुलुकमा श्री ५ सरकारको संवाद सचिवालय भनेर भन्दा सरकार किन हेरेर बसिरहेको छ ? अहिले श्री ५ को सरकार भनेर किन सूचना जारी भइरहेका छन् ? ज्ञानेन्द्रलाई देश, विदेश घुम्ने अधिकार छ, आम नागरिकलाई जस्तै । रायमाझी आयोगको प्रतिवेदन कार्यान्वयन नगरेका कारण १५ गतेको घटना भएको बुद्धिजिवीहरूको भनाइमा सरकारको भनाइ के छ ?’ 

सांसद पन्तले भने, ‘दुर्गा प्रसाईंले प्रहरीलाई कुल्चिएर जादाँ पनि किन पक्राउ नगरेको हो ? उनको योजनामा भएको भए बयान किन नलिएको हो ? ज्ञानेन्द्रको भूमिका छ कि छैन ? छ भने यो हो भनेर जनताको बीचमा आउनुपर्‍यो । १५ गतेको घटनामा भूपू राजाको उक्साहटमा भएको ‘सफ्ट कू’ हो । संवैधानिक प्रक्रिया होइन, कू हो । सिंहदरबार र नारायणहिटी कब्जा गर्ने योजना हो । हतियार ल्याएर आउ भनेको होइन दुर्गा प्रसाईले ?’ पूर्वराजा शाहले प्रसाईंलाई उक्साएर सत्ता कब्जा गर्न खोज्नुका पछाडि राजावादी पार्टी राप्रपाप्रतिको अविश्वास रहेको पनि पन्तको भनाइ थियो ।

ज्ञानेन्द्र शाहले राजेन्द्र लिङ्देन र बुद्धिमान तामाङले चुनाव लडेर, दुई तिहाई बहुमत ल्याएर संविधान संशोधन गरी गद्दीमा फर्काउने बेलासम्म आफू नै रहन्न भन्ने लागेपछि उक्त कदम चाल्न लगाएको पन्तको भनाइ थियो । ‘त्यसैले गड्याङगुडुङ गरेर विद्रोहको बाटोबाट भए पनि सत्ता कब्जा गर्न सकिन्छ भने गर्ने हो भनेर चैत १५ को घटना भएको हो,’ उनले भने । 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७