सरकार र शिक्षक महासंघबीच वार्ता सुरु


२०८१ चैत २८ बिहीबार १३:४३ बजे

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ । शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराईसहितको टोली सहभागी छ । शिक्षक महासंघले २० चैतदेखि काठमाडौं केन्द्रित आन्दोलन जारी राखेको छ ।

वार्ता, संवाद र आन्दोलन सँगसँगै अघि बढाउने भन्दै उनीहरूले माइतीघरदेखि बिजुलीबजार पुलसम्मको सडक नै कब्जा गरेर आन्दोलन गरिरहेका छन् । यसअघि मुख्य लेनमा मात्रै प्रदर्शन गर्दै आइरहेका शिक्षकहरूले तीन वटै लेन कब्जा गरेर प्रदर्शन गर्न खोज्दा प्रहरीसँग धकेलाधकेलको अवस्था समेत सिर्जना भएको थियो ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७