सरकारको हात नबाधौं, निजामती विधेयक पारित गरौं : रघुजी पन्त


२०८२ बैशाख ६ शुक्रबार १४:४१ बजे

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेका सांसद रघुजी पन्तले संवैधानिक र सरकारी निकायमा नियुक्तिका लागि निजामती कर्मचारीका लागि कुलीन पिरियड आवश्यक रहेको बताएका छन् । यसो गर्दा सरकारको हात बाँध्न पनि नहुने उनले बताएका हुन् ।

नेकपा माओवादी केन्द्र लगायत कतिपयले कुलीन पिरियड दुई वर्ष राख्नुपर्ने मत राखिरहेका बेला एमाले सांसद पन्तले एक वर्ष मात्रै कुलिन पिरियड राख्दा उपयुक्त हुने बताए ।  ‘कुलिन पिरियड आवश्यक छ । तर, सरकारको हात पनि नबाधौं र अगाडि बढौं’, उनले भने । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा समितिमा निजामती विधेयकमाथि छलफल जारी छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७