स्थानीय निकायबीच समन्वय हुनुपर्छ : प्रमुख महर्जन


२०८२ बैशाख ७ शनिबार २१:०९ बजे
फाइल फोटो

ललितपुर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्थानीय सरकारका असल अभ्यास आदानप्रदान गर्न पालिकाहरू बीचमा समन्वय हुनुपर्नेमा जोड दिएका छन्। ललितपुर महानगरले भगिनी सम्बन्ध कायम गरेको सल्ल्यान जिल्लाको शारदा नगरपालिकाका जनप्रतिनिधिहरूसँग आज भएको छलफलमा उनले स्थानीय सरकारको जिम्मेवारीमा रहेका पालिकाहरू समृद्ध हुन एकअर्काका असल अभ्यास आदानप्रदान गर्नुपर्छ भने ।

आर्थिक रूपले समृद्ध पालिकाले अन्य पालिकालाई सहयोग गर्नु उसको कर्तव्य भएको बताउँदै महानगर प्रमुख महर्जनले स्थानीयका समस्या समाधान गर्दै ललितपुर महानगर जनताकेन्द्रित रहेको बताए। शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले ललितपुर महानगरका गतिविधिको सराहना गर्दै बजेट अभावका कारण आफूले विकास निर्माणका सबै आयोजना कार्यान्वयन गर्न नसकेको गुनासो गरे ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७