अफगानिस्तानसँगको खेल रद्द, नेपाल विश्वकपमा पुग्न असफल


२०८२ बैशाख ७ शनिबार २१:०५ बजे

काठमाडौं । यु १९ वर्ल्डकपमा अफगानिस्तान  छनोट भएको छ । आज (शनिबार) नेपाल  र अफगानिस्तानबीच  मूलपानी मैदानमा प्रतिस्पर्धाको समय तालिका भए पनि मौसमका कारण खेल हुन नसकेपछि नेट रन रेटको आधारमा अफगानिस्तान छनोट भएको हो ।

मूलपानीमा आइसीसी यू–१९ विश्वकपअन्तर्गत एसियन छनोट खेल आयोजना भइरहेको छ । छनोटको अन्तिम दिनमा अफगानिस्तान विश्वकपमा पुगेको छ। खेल रद्द भएसँगै नेपाल यू–१९ विश्वकपमा पुग्ने अवसर गुमाएको छ। आजको खेलमा अफगानिस्तानलाई हराएर विश्वकपमा पुग्नका लागि नेपाललाई अवसर थियो।

प्रतियोगितामा अफगानिस्तान र नेपाल दुवैले युएई, हङकङ र ओमानलाई पराजित गरेको थियो । दुवै टोलीले तीन–तीन खेल जिते पनि रन रेटका आधारमा अफगानिस्तान शीर्ष स्थानमा थियो। खेल रद्द भएपछि शीर्ष स्थानमा कायम रहँदै उसले विश्वकपमा स्थान सुरक्षित गरेको छ भने नेपालले विश्वकप खेल्नसक्ने अवसर गुमाएको छ। पाँच देश सम्मिलित एसिया छनोटबाट एउटा देश मात्रै विश्वकप पुग्ने तय थियो। आइसीसी यू–१९ विश्वकप आउँदो वर्ष जिम्बावेमा हुँदैछ। 
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७