काम गरिरहेका बेला चट्याङ लागेर महिलाको मृत्यु


२०८२ बैशाख ६ शुक्रबार १४:४२ बजे

सिरहा । सिरहामा काम गरिरहेका बेला चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको कल्याणपुर नगरपालिका–६ भोक्राहाका ४५ वर्षीया बेचन रोहितालाई बिहीबार बेलुका चट्याङ लागेर मृत्यु भएको हो ।

गहुँको खेतमा काम गरिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । खेतमा काम गर्ने क्रममा अचानक परेको चट्याङले लागेर घटनास्थलमै उनको ज्यान गएको बताइएको छ । मृतक कल्याणपुर नगरपालिका–८ वडा कार्यालयमा कार्यरत थिए। घटनापछि स्थानीय प्रहरीको टोली तत्काल घटनास्थलमा पुगेको थियो । मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७