बार निर्वाचन : मिश्र ३०० मतान्तरले अगाडि, अहिलेसम्म कसको मत कति ?

काठमाडौं । नेपाल बार एशोसिएसनको निर्वाचनअन्तर्गत मत गणना जारी छ । पछिल्लो मत परिणाम अनुसार, अध्यक्ष पदका उम्मेदवार विजयप्रसाद मिश्र ७६२ मतसहित अगाडि छन् । उनका प्रत्यासी रमनकुमार श्रेष्ठले ४५९ मतका साथ पछ्याइरहेका निर्वाचन अधिकृत तेजप्रसाद धमलाले जानकारी दिए ।
अध्यक्षका अर्का उम्मेदवार राजु कैदीले पाँच, उज्वल घिमिरेले दुई र आशीष पौडेलले ६ मत पाएका छन् । यस्तै, महासचिवमा केदारप्रसाद कोइराला अगाडि छन् । उनले ७६८ मत पाएका छन् । यज्ञमणि न्यौपानेले ३९४ मत ल्याएका छन् । हरिशंकर कार्कीले २८ मत पाएका छन् ।
कोषाध्यक्षमा जगतबहादुर कार्कीले ७९६, दीपक राईले ३५९ र विष्णुप्रसाद सापकोटाले ३३ मत पाएका छन् । बारको नयाँ कार्यसमिति चयनका निम्ति शनिबार (चैत २३) मतदान भएको थियो । काठमाडौं र बाहिर गरी ३६ मतदान केन्द्रमा मतदान भएको थियो ।
हेर्नुस् कसको मत कति ?