लिङ्देनलाई बालेनको जवाफ : कसले फोहोर गर्ला र जरिवाना तिराऊ भनेर बसेको छैनौं


०८:५२ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले कसैले फोहोर गर्छ र जरिवाना तिराऊ भनेर नबसेको बताएका छन्।

बल्खुमा राप्रपा कार्यकर्ताले विरोध सभापछि फोहोर टिपिरहेको फोटो शेयर गर्दै सामाजिक सञ्जालबाट बालेनले यस्तो जवाफ दिएका हुन् । विरोध सभाका क्रममा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले फोहोर आफैं टिप्ने भन्दै हिरो भएर पत्र नकाट्न बालेनलाई आग्रह गरेका थिए।

त्यसको जवाफमा लिङ्देनको नाम उल्लेख नगरी बालेनले भनेका छन्, ‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुँदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ।’ आजको कार्यक्रममा राप्रपाले आफैं सरसफाइ गरेको भन्दै मेयर शाहले धन्यवाद दिएका छन्। 

 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७