सुर्खेत उपत्यका नगर विकास समितिमा अख्तियारको दुई घण्टा छापा


०२:१२ बजे

सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिमा छापा हानेको छ। अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको उजुरीका आधारमा सुर्खेतस्थित टोलीले आज बिहान कार्यालयमा छापा हानेको हो ।

कार्यालयका लेखापाल खड्कबहादुर रानाले समितिको करोडौं राजस्व हिनामिना गरेको उजुरी परेको थियो । सोही उजुरिका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिइरहेको छ । करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७