उपचारका क्रममा ज्यान गुमाएकी भीमाको परिवारलाई कर्णाली प्रदेश अस्पतालले क्षतिपूर्ति दिनु पर्ने


२०८२ बैशाख ५ बिहीबार १०:४६ बजे

सुर्खेत । दैलेखको आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको मृत्यु भएको एक वर्षपछि अदालतले क्षतिपूर्तिको फैसला सुनाएको छ । २०८० चैतमा पेट दुखेर निजी अस्पताल हुँदै प्रदेश अस्पताल पुगेकी उनलाई प्रसूतिको क्रममा पाठेघरमा सालनाल बाँकी रहेको भन्दै डाक्टरहरूले पाठेघर सफा गर्नुपर्ने बताएका थिए । शल्यक्रियाका लागि तयारी गर्दागर्दै उनलाई मृत घोषणा गरिएको थियो ।

०८१ वैशाख १७ गते जेठाजु धनबहादुर मगरले अधिवक्ता शेरबहादुर खत्रीको साथमा अस्पतालका तत्कालीन निर्देशक डम्बर खड्का र शल्यक्रियामा संलग्न डा. ललितजङ्ग शाहीविरुद्ध मुद्दा हालेका थिए ।डाक्टरहरूको लापरबाही, त्रुटिपूर्ण शल्यक्रिया र हेलचेक्र्याइँका कारण भीमाको ज्यान गएको जिकिरसहित उनीहरूले क्षतिपूर्तिको माग गरेका थिए । ठिक एक वर्षपछि ०८१ साल चैत २९ गते, सुर्खेत जिल्ला अदालतका न्यायाधीश दीपक ढकालले फैसला सुनाए– भीमाका पति र छोरीलाई प्रतिवादीहरूबाट १५ लाख रूपैयाँ क्षतिपूर्ति भराउन फैसला गरेका हुन् । 

‘भीमा फर्किदिनन्, तर कम्तीमा न्यायको अनुभूति भयो,’ जेठाजु धनबहादुरले भने । त्यतिबेलाको घटना सम्झिँदै धनबहादुर भन्छन्, ‘हामी बाहिर पर्खिरहेका थियौं । एक्कासी रगत चाहियो भनेर मागे । केही समयमै शव बुझ्न भनियो ।’ उनी भन्छन्, हिँडेरै आएकी मान्छे कसरी बितिन् ? पत्याउन सक्ने अवस्था थिएन ।’ भीमाको मृत्यु डाक्टरको लापरवाहीले भएको भन्दै आफन्तले अस्पतालमा आन्दोलन गरेका थिए । एक महिनापछि उनीहरूले शव बुझेका थिए ।
 

लेखक चिनारी

प्रतिक्रिया
यो पनि पढ्नुहोस्
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • प्रबन्ध निर्देशक
  • प्रविन कुलुङ राई
  • सूचना तथा प्रसारण विभाग दर्ता नं.
  • १८०२/२०७६-७७